रुपै मोहनी’ पछि अर्को गीत सार्वजनिक गर्ने तयारीमा ‘शत्रु गते’ टीम

0

माघ १४, हास्यकलाकारहरुको बाहुल्यता रहेको चलचित्र ‘शत्रु गते’को पहिलो गीतले यतिबेला एकदमै राम्रो चर्चा कमाएको छ । चलचित्रको पहिलो गीतले २४ घण्टामा सबैभन्दा धेरैपटक हेरिने गीतको रेकर्ड समेत बनाएको थियो । टंक बुढाथोकी र मीना निरौलाको स्वरमा रहेको गीतमा टंककै संगीत र लोकराज अधिकारीको शब्दरचना रहेको छ । पहिलो गीतसँगै अब चलचित्रको बारेमा दर्शकहरुमा अझ धेरै उत्सुकता बढेको छ ।

दर्शकहरुको उत्साहलाई मध्यनजर गर्दै चलचित्र निर्माण टीमले दोश्रो गीत पनि सार्वजनिक गर्ने तयारीमा जुटेको छ । निर्देशक प्रदीप भट्टराईले एक मिडियासँगको कुराकानीमा चलचित्रको दोश्रो गीत एक÷दुई दिनमा सार्वजनिक गरिने बताएका छन् । निर्देशक भट्टराईले ठ्याक्कै रिलिज मिति नभनेता पनि एकदमै छिट्टै सार्वजनिक गरिने स्पस्ट पारेका छन् ।

‘हामीले गीत एकदमै छानेर राखेका छौँ ।’ निर्देशक भट्टराई भन्छन्, ‘गीतमा काली प्रसाद बास्कोटाको स्वर र संगीत छ ।’ पल शाह र आँचल शर्माको अभिनय रहने गीत फाईनल भईसकेको निर्देशक बताउँछन् । किरण के सी प्रस्तोता रहेको यो चलचित्र ठुला–ठुला कलाकारको नामले मात्र चर्चामा आएको हैन । सित्तिमित्ति ठुलो पर्दामा काम नगर्ने मह जोडीको उपस्थितिले पनि चलचित्र प्रेमीहरुलाई शत्रु गतेबाट धेरै अपेक्षा गर्न बाध्य बनाएको हो ।

यहि चैत्र ९ गते प्रदर्शनमा आउने यस चलचित्रको पहिलो गीत ‘रुपै मोहनी’ सार्वजनिक भएको केहि समयमै दर्शकले गीतलाई राम्रो प्रतिक्रिया दिएका छन् भने सोहि गीतमा धेरै पछी हरिबंश आचार्यलाई खुलेर नाचेको देख्न सकिन्छ । चलचित्रमा हरिबंश चर्चित हास्यकलाकार दीपाश्री निरौलाको जोडीको रुपमा देखिएका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!