रुखबाट लडेर मृत्यु

0

चितवन, २५ चैत : पूर्वी चितवनको कालिका नगरपालिकामा रुखबाट लडेर आज एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार कालिका नगरपालिका–८ का ४० वर्षीय सूर्यबहादुर चेपाङको रुखबाट दाउरा झार्ने क्रममा लडेर मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका चेपाङको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!