रिलिज अघि नै ‘पद्मावत’लाई लाग्यो चर्को घाटा

0

पुस २८, भारतका विभिन्न प्रदेशमा भएको विरोधका कारण प्रदर्शनमा आउन नसकेको फिल्म ‘पद्मावत’लाई रिलिज अघि नै चर्को घाटा लाग्ने बिश्लेषण गरिएको छ । भारतको राजस्थान, मध्य प्रदेश, उत्तर प्रदेश, पञ्जाब, गुजरात जस्ता राज्यले आफ्नो प्रदेशमा फिल्म ‘पद्मावत’ रिलिज गर्न नदिने चेतावनी दिएपछि फिल्मलाई घाटा लाग्ने निश्चित देखिएको हो ।

अन्य प्रदेशहरुबाट पनि फिल्म प्रदर्शन गर्न नदिने भनीरहेको अवस्थामा फिल्मलाई ठुलो घाटा लाग्ने देखिएको छ । फिल्मलाई राजस्थानबाट १२ करोड, उत्तर प्रदेशबाट ३० करोड, पञ्जाब–हरियाणाबाट २५ करोड, मध्यप्रदेशबाट १० करोड र गुजरातबाट २५ करोड घाटा हुने देखिन्छ । यो सबै जोड्ने हो भने फिल्मलाई लगभग १०२ करोड नोक्सान हुने कन्फर्म छ ।

भारतीय सेन्सर बोर्डले ‘पद्मावती’ नाम परिवर्तन गरेर ‘पद्मावत’ राखेपछि ‘यूनिभर्सल सर्टिफिकेट’ दिँदै प्रदर्शनका लागि अनुमती दिएको छ । सञ्जय लीला भंसाली निर्मित तथा निर्देशित यो फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूर मुख्य भूमिकामा छन् । फिल्म जनवरी २५ मा अक्षय कुमारको ‘प्याडम्यान’सँगै रिलिज हुदैँछ ।

Share.

Comments are closed.

error: Content is protected !!