रिलिज अगाडी नै एक करोड एघार लाखमा बिक्री भयो चलचित्र ‘शत्रु गते’

0

काठमाडौँ : पछिल्लो समय नेपालीफिल्मको बजार नेपालमा मात्र सिमित नभई नेपाली बसोबास गर्ने प्रवासमा पनि उत्तिकै छ । नेपालमा आश गरिएका फिल्मको डिमाण्ड विदेशबाट पनि उत्तिकै रुपमा आउने गर्छ । यसैले गर्दा पनि पछिल्लो समय फिल्मकर्मीले नेपालसंगै विदेशको मार्केटलाई पनि ख्याल गरेर फिल्म तयार गर्ने गर्छन । यसै क्रममा पछिल्लो समय स्टारकास्टकै कारण चर्चामा रहेको फिल्म ‘शत्रु गते’ को डिजिटल तथा अन्तराष्ट्रिय अधिकार बिक्रि भएको छ । ओएसआर डिजिटलले फिल्मको डिजिटल तथा अन्तराष्ट्रिय अधिकार एक करोड एघार लाख (१ करोड ११ लाख) मा खरिद गरेको छ । संवत यो रकम अहिलेसम्म नेपाली फिल्मलाई दिईएको रकममा सबै भन्दा बढी हो ।

डेब्यु फिल्म ‘जात्रा’ मार्फत नै दर्शक तथा फिल्मकर्मी माँझ नोटिस हुन् सफल निर्देशक प्रदिप भट्टराईको निर्देशनमा तयार भएको यस फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , दीपक राज गिरी , दीपाश्री निरौला , किरण केसी , शिवहरी पौडेल , बशुन्धरा भुसाल , रमेश रंजन झा, प्रियंका कार्की , पल शाह , आँचल शर्मा लगायतको अभिनय रहेको छ । ‘हामीले फिल्ममा सोसल ड्रामासंगै मनोरंजन पनि पस्केका छौ’ निर्देशक भट्टराई भन्छन ‘फिल्मलाई हेर्ने दर्शकको समय र पैसाको सदुपयोग हुन्छ ।’

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।

Share.

Comments are closed.

error: Content is protected !!