रियल म्याड्रिडद्वारा भ्यालेन्सिया ४–१ गोलले पराजित

0

माघ १४, स्पेनिस ला–लिगामा रियल म्याड्रिडले जित हात पारेको छ । पछिल्लो समय खराब स्थानमा रहेको रियल म्याड्रिडले शनिबार भएको खेलमा भ्यालेन्सियालाई ४–१ ले हरायो ।

भ्यालेन्सियाको मैदानमा रियललाई जित दिलाउनका लागि क्रिष्टियानो रोनाल्डोले २ गोल गरेका थिए । रोनाल्डोले १६औं र ३८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियललाई पहिलो हाफ अघि २–० को अग्रता दिलाएका थिए ।

५८ औं मिनेटमा सान्टी मिनाले गोल गर्दै रियलको अग्रता २–१ मा छोट्याएका थिए । तर, ८४औं मिनेटमा मार्सेलोले र ८९औं मिनेटमा टोनी क्रुजले गोल गर्दै रियललाई महत्वपूर्र्ण जित दिलाए ।

जितसँगै रियलले ३८ अंक बनाएको छ । भ्यालेन्सिया भने ४० अंकसहित तेस्रो स्थानमा यथावत छ ।

Share.

Comments are closed.

error: Content is protected !!