राष्ट्रपति भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्ने

0

काठमाडौं, ७ जेठ । वामपन्थी सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत हुने भएको छ । दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्ने भएकी छन् ।

मन्त्रिपरिषदको आइतबार रातिको बैठकले राष्ट्रपति भण्डारीले सोमबार सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्नेसम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो ।

सरकारको नीति तथा कार्यक्रममाथि मंगलबारदेखि दुवै संसदमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथिको छलफल सकिएलगत्तै जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने छ ।

Share.

Comments are closed.

error: Content is protected !!