राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित

0

२९ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन ।

तर, वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । भण्डारीले ३९ हजार २७५ मतभार पाइन् भने राईले ११७३० मतभार पाएकी छन् । निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् ।

संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन्, जसमध्ये नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए ।संघीय संसदको एक सदस्यको मतभार ७८ छ भने प्रदेशसभा सांसदको मतभार ४८ छ ।

Share.

Comments are closed.

error: Content is protected !!