राधेको भूमिकामा देखिँदै सलमान

0

बलिउड अभिनेता सलमान खानको करिअरमा ‘वान्टेड’ यस्तो फिल्म हो, जसले उनको बिग्रँदै गएको करिअर सम्हालिदिएको थियो । तर यो फिल्म रिलिज भएपछि सलमान सहित बोनी कपुर उनकी श्रीदेवी फिल्म मेकर प्रभुदेवाले एक कन्ट्रोभर्सीको सिकार हुनुपरेको थियो । उनीहरु विरुद्ध पिटीशनर बीरबल सिंहले कपीराइटको मुद्धा हालेका थिए ।

सात वर्ष पछि त्यो मुद्धाको फैसला भयो र मुद्धा पनि बोनी कपुरले जिते । मुद्धा जितेसंगै बोनीले नया खुलासा पनि गरेका छन् । उनले एकसाथ १६ फिल्मको कपिराइट खरिद गरेको तर त्यसको वास्तविका क्रियटर प्रभुदेवा नरहेको खुलाए । लामो समयको बहसपछि मुद्धा जितेका बोनीले ‘वान्टेड’को सिक्वेल पनि बनाउन सक्ने बताए । उनी आफुले सिक्वेल ‘वान्टेड २’ को लागि स्क्रिप्ट खोजिरहेको बताएका छन् । र उनले यो पनि खुलाएका छन् की ‘वान्टेड २’ सलमान खान बिना अधुरो हुनेछ ।

‘वान्टेड’ मा सलमान खानको साथमा आयशा टाकिया पनि थिइन् । त्यसैगरी सलमानको पिता बनेका विनोद खन्नालाई पनि दर्शकले निकै रुचाएका थिए ।त्यो बेला बोनी कपुरको ‘वान्टेड’ ले नै करिअर उकासेका सलमान यति बेला आफै व्यस्त छन् । त्यसैले अब बन्ने ‘वान्टेड २’ मा सलमान काम गर्न तयार हुन्छन् या हुन्नन्, त्यो सबैको चासोको विषय बनेको छ ।
-एजेन्सी

Share.

Comments are closed.

error: Content is protected !!