रातो माटो खन्ने क्रममा ढिस्काले पुरिएर दुलालको मृत्यु

0

उर्लाबारी, मोरङ, २५ चैत : लेटाङ नगरपालिका–९ बस्ने २४ वर्षीया भगिमाया दुलालको आज बिहान माटाको ढिस्काले पुरिएर मृत्यु भएको छ ।

घर नजिकै बारकोठे खोल्सीमा रातो माटो खन्ने क्रममा माथिबाट झरेको माटाको ढिस्काले पुर्दा उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । रासस

Share.

Comments are closed.

error: Content is protected !!