रातको साढे २ बजे उठेर जिम गर्छन यी हलिउड स्टार, डाइट चार्ट भयो भाइरल

0

पिएनपिखबर : हलिउड अभिनेता मार्क वलबर्ग आफ्नो फिटनेसको लागि चीनिने गर्छन। हालैमा उनले आफ्नो वर्कआउट सेशनको बारेमा ठुलो खुलासा गरे। उनी रातको साढे २ बजे एक्सरसाईज गर्ने गर्दछन भने साझ साढे ७ बजे नै सुत्ने गर्छन।

इंस्टाग्राममा फ्यानको साथमा कुरा गर्ने क्रममा आफ्नो डेली रुटीनको बारे उनले जानकारी दिएका छन्। उनको दिनचर्या आम मानिसको भन्दा फरक छ। जब मानिस सुत्ने गर्दछन तब उनले वर्कआउट गर्ने गर्छन। लामो समयदखि उनी यस रुटिनलाई फलो गरिरहेका छन्।

मार्क राती साढे २ बजे उठेर आधा घण्टा प्रार्थना गर्ने गर्दछन। उनी बिहान ३:१५ बजे ब्रेकफास्ट गर्दछन। जसमा पीनट बटर, ब्लूबेरी र दलिया उनको रोजाईमा पर्छ। त्यसपछि उनी ९५ मिनेटसम्म जीम गरेर फेरी खाने गर्छन।

उनको अनुसार, उनी ६ बजे नुहाउने गर्दछन र त्यसपछि गोल्फ खेल्छन। उनी करिब ८ बजे नास्ता गर्दछन र फेरी दिनमा १ बजे लन्च गरेर बेलुकी साढे ५ बजे डिनर गरेर साढे ७मा सधै सुत्ने गर्छन।

मार्कको विवाह भईसकेको छ र ४ सन्तान पनि छन्। उनी बिजी शेड्यूलबाट समय निकालेर परिवारको साथमा समय बिताउने गर्छन। उनले ‘द इटैलियन जब’, ‘द डिपार्टेड’ र ‘ट्रांसफ़र्मर्स’ सीरीज़को मूवीमा उनले काम गरेका छन। फिटनेसलाई लिएर लेकर मार्कको प्यासनको अन्दाज उनको सोशल मीडिया प्रोफाइलबाट पत्ता लगाउन सकिन्छ। उनी प्राय आफ्नै वर्कआउट भिडियो शेयर गरिरहन्छन।

Share.

Comments are closed.

error: Content is protected !!