राजकुमार ह्यारी र मार्कलबीच शनिबार बिवाह हुदै, को हुन् मेघन मार्कल ?

0

विन्डसोर, बेलायत ५ जेठ : बेलायतका राजकुमार ह्यारीले शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह गर्न लाग्नुभएको छ ।

राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टलमा आयोजना गरिएको वैबाहिक समारोहलाई विश्वभरीबाट चासोका साथ हेरिएको छ ।

विवाह समारोहमा एक लाख निम्तालु सहभागी हुने अनुमान गरिएको छ । यसलाई एउटा ऐतिहासिक घटनाको रुपमा लिइएको छ ।

विवाहको खुशीयालीमा देशभरी चियापान कार्यक्रमको आयोजना गरिएको समाचारमा जनाइएको छ ।

तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिकरुपमा देखा परेका थिए ।

अमेरिकी टेलिभिजनको टेलि श्रृखंलामा काम गर्दा चर्चित हुनुभएकी मार्कल परोपकारी कार्यमा पनि संलग्न हुनुहुन्छ । रासस÷एएफपी

Share.

Comments are closed.

error: Content is protected !!