राजकुमार हिरानीले गरे यस्तो खुलासा, भने, ‘संजय दत्तको इमेज सुधार्नको लागि फाइनलमा बदल्नु पर्यो स्क्रिप्ट’

0

पिएनपिखबर : बलिउड अभिनेता संजय दत्तको बायोपिक फिल्म ‘संजु’ले बक्स अफिसमा ठुलो कमाई गर्यो। कमाईको साथ्-साथै यस फिल्मले समाजमा संजय दत्तको नकारात्मक छविलाई केहि हदसम्म सकरात्मक बनाईदिएको छ। संजय दत्तको छविलाई बदल्नको लागि निर्देशक हिरानीले फिल्मको स्क्रिप्टमा निकै फेरबदल गरेका थिए। हिरानीले आफै खुलासा गरेकी ‘संजू’मा कयौ सीनलाई शूटिंग स्क्रिप्टबाट हटाएका थिए। जसको उद्दश्य संजय दत्तप्रति दर्शकहरुको सहानुभूति ल्याउनु थियो।

राजकुमार हिरानीले एक अन्तरवार्ताको क्रममा भने,’पहिलो शुट गरेपछि उनले एडिट गरेका थिए। किनभने एडिट नगरेको भए सायद दर्शकहरुबाट यति माया मिल्दैन थियो। जब हामीले पहिलो सीन तयार गर्यौ तब संजय दत्तमाथि आलोचना भएको थियो। त्यसपछि मलाई शूटको समय महसुश भएको थियो कि म जे गरिरहेको छु त्यो गलत हो।’

हिरानीले थपे “म एक साँचो कहानी बनाउन चाहन्थे जसको लागि पहिला मैले उनी प्रति कुनै सहानुभूति राखेको थिइन्। तर पछि मलाई महसुस भयो कि मेरो हिरो हो मैले थोरै सहानुभूति त देखाउनु नै पर्छ। यसको लागि फिल्ममा अझै सीन जोड्न जरुरत थियो जुन पहिला फिल्मको स्क्रिप्टमा समाबेश थिएन।

यसै सीनको सन्दर्भको बारेमा उनले भने,”अदालतको फैसला पछि संजय दत्तले आत्महत्या गर्ने प्रयास गरेका थिए। यस बारे संजयले मलाई बताए पनि पहिला राखेनौ तर यस सीनलाई पछि मैले फिल्ममा जोडेको थिए। यो ओरिजनल स्क्रिप्टको भाग थिएन तर पछि मलाई लाग्यो यसबाट पनि केहि सहानुभूति संजु प्रति पक्कै मिल्नेछ।”

हिरानीको अनुसार, संजय दत्तको जीवनमा यति उतार-चढ़ाव छ कि उनको जीन्दगीको एक भागको मात्रै एक फिल्म बनाउन सकिन्छ।

Share.

Comments are closed.

error: Content is protected !!