रङ्गशालमा भागदौड हुँदा एकको मृत्यु, ३७ घाइते

0

मदागास्कर, अन्तानानारिभो, २४ भदौ: मदागास्करको राजधानी अन्तानानारिभो मा एक फुटबल रङ्गशालामा भागदौड मच्चिँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । घाइतेहरूलाई राजधानीस्थित एक अस्पतालमा उपचार गराइराखिएको छ । अस्पताल स्रोतले आइतबार दिएको जानकारी अनुसार विरामीमध्ये केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।

खेल शुरु हुनुपूर्व नै मदागास्कर र सिनेगलको फुटबल खेल हेर्न गेटबाट प्रबेश गर्ने क्रममा दर्शकहरूबीच भएको झडपमा उक्त दुखद घटना भएको मदागास्करको प्रहरीले जनाएको छ । हजरा अस्पतालका प्रवक्ता अलिभा अलाइन राकोतोले भन्नुभयो, अहिलेसम्म झडपपछिको भागदौडमा परी अस्पताल ल्याइएका विरामीमध्ये एक जनाको मृत्यु भएको छ भने केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
-रासस÷एएफपी

Share.

Comments are closed.

error: Content is protected !!