यौनसम्पर्क गर्दा श्रीमानले जब वीर्य योनीमै झार्नुहुन्छ तब लिङ्ग बाहिर निकाल्दा सबै वीर्य बाहिरै आउँछ, किन होला ?

0

काठमाडौँ डा. राजेन्द्र भद्रा

म २८ वर्षकी भएँ । विवाह भएको चार वर्ष भयो । हाम्रो एउटा छोरा छ । यौनसम्पर्क गर्दा श्रीमानले जब वीर्य योनीमै झार्नुहुन्छ तब लिङ्ग बाहिर निकाल्दा सबै वीर्य बाहिरै आउँछ, किन होला ? अनि म साह्रै पातली छु । परिवार नियोजन गरेमा वा श्रीमानले योनीमा झारेको वीर्य बाहिर नआए मोटाइन्छ रे, के यो सत्य हो ?

वीर्य बाहिर निस्कने कुरा

तपाईलाई थाहै होला, वीर्य र शुक्रकिट फरक कुरा हुन् । वीर्यमै अण्डकोषमा बनेको शुक्रकिट पनि हुन्छन् । महिलाको डिम्बसँग शुक्र्रकिटको मिलन सन्तान उत्पत्तिको लागि आवश्यक हुन्छ । कुनै पुरुषले महिलाको योनिमा वीर्य स्खलन गरेपछि स्खलित वीर्य तथा योनि रस बाहिर आउँछ । यो स्वाभाविक कुरा हो । यसले तपाईहरुलाई कुनै असजिलो हुन्छ भने यौनसम्पर्कपछि कुनै कपडाले पुछ्न सक्नुहुन्छ । अर्काे कुरा अन्डरवेयरभित्र लगाइने सानो स्यानिटरी प्याड वा नाइलर पनि लगाउन सक्नुहुन्छ ।

यसरी वीर्य वीर्य बाहिर निस्कँदा कतै गर्भ नरहने हो की भन्ने चिन्ता जो कसैमा पाइन्छ । यसका लागि गर्भ कसरी रहन्छ भन्ने कुरा बुझौ । सन्तानको उत्पतीको प्रमुख रुपमा पुरुषबाट निस्कने शुक्रकिट र स्त्रीमा विकसित भएको डिम्बको मिलनबाट हुन्छ । यौनसम्पर्कका बेला पुरुषको वीर्य स्खलन हुँदा वीर्य योनीको पछिल्लोतिरको भागमा राखिन्छ ।

वीर्यमा भएको करौडौ शुक्रकिटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकिटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ । शुक्रकिट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ । र त्यही युग्मज पछि विकसित भएर शिशु बन्छ ।

यदि बाहिरको स्खलन यानिको भित्री भागमा भएको छ भने जनि नै धेरै मात्रामा वीर्य बाहिर निस्किए जस्तो लागे पनि पाठेघरको मुखसम्म पर्याप्त शुक्रकिट पुग्छन् । सामान्यतयाः यसरी वीर्य बाहिर निस्कनु गर्भधारण नहुनुको कारण बन्दैन । यसले त पर्याप्त मात्रामा वीर्य स्खलन भएको कुरालाई संकेत गर्दछ ।

परिवार नियोजन योनीमा वीर्य झार्ने र मोटेपनको कुरा

परिवार नियोजनको खाने चक्कीले महिलाको वजन बढ्ने कुरा गरिन्छ । तर, यो विरलै मात्र हुन्छ । सामान्यतया ः मानिसको वजन कि त शरीरमा बोसोयुक्त तन्तु जम्मा भएर बढ्छ कि त तरल पदार्थ जम्मा भएर । सन् १९६० तिर यस्ता गर्भनिरोधक चक्की उपलब्ध हुँदा त्यसमा विशेष गरेर इस्टोजनको मात्र बढी हुन्थ्यो ।

त्यसको अधिक सेवनले भोक जगाउने तथा शरीरमा पानी बढी मात्रामा जम्मा हुने भएकाले महिलाको वजन बढेजस्तो देखिन्थ्यो । अहिले पाइने गर्भनिरोधकका चक्कीमा इस्टोजनको मात्रा साह्रै कम हुने वा बिरलै मात्र देखिन्छ । तपाईले गर्भनिरोधक चक्की सेवन गर्नुभएको करा लेख्नुभएको छैन् ।

अब परिवार नियोजन गर्दा वीर्य बाहिर झर्ने नझर्ने सन्दर्भमा कुरा गरौ । गर्भनिरोधक उपाय जस्तै कि कन्डम लगाउँदा वीर्य कन्डममै जम्मा हुन्छ र कन्डमसँगै बाहिर निकालिन्छ । नेपालमा सहज उपलब्ध भएपनि स्पन्ज वा डायफ्राम जस्ता साधनले पनि वीर्यमा भएका शुक्रकिट समेतलाई महिलाको पाठेघरको मुखभित्र पस्न दिँदैनन् ।

अन्य गर्भनिरोधकको उपाय अपनाउँदा त्यसले वीर्य स्खलनको प्रक्रियालाई प्रभावित गर्दैन् । पुरुषले बन्ध्याकरण गर्दा पनि वीर्य स्खलन हुन्छ नै, फरक यत्ति हो कि उक्त वीर्यमा शुक्रकिट हुँदैन् ।

वीर्य बाहिर ननिस्किए मोटाइन्छ ?

वीर्यमा भएका शुक्रकिटमा हुने प्रजनन क्षमताका कारण त्यसले विशेष स्थान पाएको छ । वीर्य निर्माणमा धेरै रगत चाहिने भएकाले वीर्य जोगाउनुपर्ने विश्वास धेरै समाजमा पाइन्छ ।

वीर्य खेर गए पुरुष कमजोर हुन्छ भनिन्छ, तर यसको वास्तविकतालाई पनि हेरौ एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली भन्नाले १ चिया चम्चा जति वीर्य बाहिर निस्कििन्छ । मुत्रथैलीको मुनितिर (दुईतिर वीर्य थैली हुन्छन्, यसैको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थीको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ ।

वीर्य योनीबाट ननिस्किएको कारणले मोटाइने होइन् । तपाई यदि मोटाउन चाहानुहुन्छ भने पोषण एवम् व्यायाममा ध्यान पुर्याउनु आवश्यक छ । न कि वीर्य योनीबाट बाहिर निस्कन नदिनुमा ।

-साप्ताहिकबाट

Share.

Comments are closed.

error: Content is protected !!