यो फोटोमा लुकेका छन् ब्रिटिस आर्मीका ५ खतरनाक शुटर, एक/दुई पटकमा भेट्नै मुस्किल

0

एजेन्सी : ब्रिटिस आर्मीले इङयाण्डको सेलिसबरी जंगलमा गरेको सैन्य अभ्यासको फोटो निकै भाइरल भइरहेको छ । ब्रिटिस आर्मीले एउटा तालिमको फोटो जारी गरेको थियो जहाँ ५ जवान स्नाइपर राइफल लिएर लुकेका छन् । कैयौं किलोमिटर टाढाबाट पनि दुश्मनलाई हान्न सक्ने स्नाइपरलाई खोजेर भेट्न चुनौती दिँदै यो फोटो जारी गरिएको हो ।

जंगलमा लुकेका यी जवानहरुले आफूलाई झाडी र रुखका हाँगाहरुमा लुकाएर राखेका छन् । उनीहरुले आफूलाई यसरी लुकाएर राखेका छन् कि एक–दुई पटकमा उनीहरुलाई खोजेर भेट्नै सकिन्न । सामाजिक संजालमा फोटो भाइरल हुनासाथ धेरैले यो फोटोमा सैनिक जवानहरुलाई खोज्न थाले तर भेट्नै सकेनन् । त्यसपछि आर्मीले अर्को फोटो जारी गर्यो । यसमा जवानहरुको आधा टाउको पनि देखाइयो । तर यो फोटोमा पनि मानिसहरुले लुकेका जवानहरु भचेट्न सकेनन् । अन्त्यमा आर्मीले तेस्रो फोटो जारी गरेर सैनिकहरुलाई देखाइदियो ।

 

Share.

Comments are closed.

error: Content is protected !!