यूएस बंगला विमानका चालक अविड सुल्तानले उडान भर्नु अघि राजीनामा दिएका थिए

0

काठमाडौँ, ३० फागुन : सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको यूएस बंगला विमानका चालक अविड सुल्तानले उडान भर्नु अघि राजीनामा बुझाएको खुलेको छ ।उनका साथीहरुलाई उदृत गर्दै बंगलादेशी सञ्चारमाध्यममा प्रकाशित समाचारमा उनले उडान भर्नुअघि ईमेलमार्फत यूएस बंगलाका अधिकारीहरुलाई राजीनामा पत्र बुझाएको उल्लेख गरिएको छ ।

‘अविडले नेपालको उडान भर्नु अघि नै राजीनामा पत्र बुझाएका थिए’, उनका साथीले प्रथम आलो पत्रिकासँग भनेका छन्, ‘यद्यपि, त्यसलाई अधिकारीहरुले स्वीकार गरेनन् ।’अविड र सह(पाइलट प्रिथुला रसिदसहित ४९ जनाको दुर्घटनामा मृत्यु भएको थियो । यूएस बंगला एयरलाइन्सका जनसम्पर्क अधिकारी क्यामरुल इस्लामले भने आफूलाई राजीनामा पत्रबारे कुनै जानकारी नभएको बताएका छन् ।

अविडका एक जना साथीले भनेका छन्, ‘यूएस बंगला एयरलाइन्सका एक जना उच्च अधिकारीले दुई महिनाअघि राजीनामा दिएर इथियोपियन एयरलाइन्समा काम गर्न थालेका थिए । उनीसँग अविड पनि नजिक भएकाले त्यस विमानमा अविड पनि काम गर्ने योजनामा थिए ।’अविडको नजिकका पाइलटहरुले उनले राजीनामा दिइसकेपछि पनि विमान उडाउन लगाउनु नैतिक रुपमा पनि राम्रो नभएको बताएका छन् । यद्यपि, विमान दुर्घटनाको आधिकारिक कारण जान्नलाई थप अनुसन्धान जरुरी रहेको उनीहरुको भनाइ छ ।

Share.

Comments are closed.

error: Content is protected !!