युएस बंगला विमान दुर्घटनामा परेका उपचाररत घाइतेहरुको पछिल्लो स्वास्थ्य अवस्था यस्तो [हेर्नुस भिडियो सहित]

0

काठमाडौँ, पिएनपिखबर: त्रिभुवन विमानस्थलमा यूएस बंगला बिमान दुर्घटनामा परि घाइते भइ उपचारार्थ केएमसी अस्पतालमा लगिएका २७ जनामध्ये हाल १० जनाको उपचार भइरहेको छ । २ जनालाई सामान्य चोटपटक मात्रै लागेको कारण तत्कालै स्वेच्छाले अन्यत्र अस्पतालमा उपचार गराउन लागिएको अस्पताल प्रशासनले बताएको छ। काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा घाइतेहरुको उपचार भइरहेको हो ।

अस्पतालमा ८ जनाको शब दुर्घटनालगतै आएको र ६ जना घाइतेहरु अन्यत्र अस्पतालमा रिफर भएको अस्पताल प्रशासनले जनाएको छ । हाल अस्पतालमा ८ जना बंगलादेशी नागरिक र २ जना नेपालीको उपचार भइरहेको छ। बंगलादेशी राजदुतावासबाट सोमबार नै अस्पतालमा आएर बिरामीको स्वास्थ्य अवस्था बुझेर जानुभएको अस्पताल प्रशासनले बताएको छ। अस्पतालमा आएको ८ शबमध्ये ६ को पहिचान भैसकेको र बाँकी २ को पनि सोमबार राती पहिचान गरि शिक्षण अस्पताल महाराजगंजमा पठाइएको अस्पतालले बताएको छ ।

अस्पतालमा उपचाररत १० जना मध्ये ६ जनाको अवस्था गम्भीर रहेको हुँदा आइसीयुमा उपचार गरिरहेको हुँदा बाँकी ४ जनामध्ये २/२ जनाको सर्जिकल वार्ड र प्लास्टिक वार्डमा उपचार भैरहेको छ। स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पताल प्रशासनले उपचाररत घाइतेहरुलाई पत्रकार लगायत अन्य व्यक्तिसंग कुराकानी गर्न निषेध गरेको छ।

अस्पतालले जारी गरेको उपचाररत घाइतेको सूचीमा पहिचान हुन नसेकेको भनेतापनि सुची प्रकाशित गरिसकेपछि पहिचान खुल्न आएको हो । सुची अनुसार प्लास्टिक वार्डमा राखिएको एक घाइतेलाई सर्जिकल वार्डमा सारिएको हो । विमान दुर्घटनामा परी अहिलेसम्म ४९ जनाको मृत्यु भएको नेपाल प्रहरीले पुष्टि गरेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!