युट्युबद्वारा लोगन पौलसँग सम्बन्ध विच्छेद !

0

एजेन्सी। पुस २८, युट्युबले एकजना सेलिब्रेटि लोगन पौलसँग व्यापारिक सम्बन्ध विच्छेद गरेको छ । युट्युबका ति एकदमै चर्चित भ्लगरलाई जापानको एउटा जंगलमा आत्महत्या गरेका लाशहरुको स्पष्ट भिडियोलाई युट्युबमा पोष्ट गरेपछि उसले त्यस्तो कदम उठाएको हो ।

पौलको च्यानललाई उसले ‘गुगल प्रिफर्ड प्रोग्राम’बाट हटाएको छ ।

पौलले ३१ डिसेम्बरमा एउटा लाशको भिडियोलाई युट्युबमा राखेका थिए जसकारण उनले सर्वत्र आलोचना खेपेका थिए ।

जापानको ओकिगाहारा जंगलमा लिएको उक्त भिडियोको आलोचनापछि उनले आम माफी पनि मागेका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!