युटुब समाचारमा राखिएको हेडलाइन प्रति पीत पत्रकारिताको संज्ञा दिदै करिश्माको कडा आक्रोश

0

दिपेश बिष्ट/ पिएनपिखबर

जेठ ६ काठमाडौँ : पछिल्लो समय विभिन्न कारणले गर्दा पुराना कलाकारहरु समेत चर्चामा आइरहेका छन्। त्यस्तै अहिले चर्चामा छिन नायिका करिश्मा मानन्धर। उनकी छोरी कविताको डेब्यु चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर रिलिज कार्यक्रममा उनले लगाएको छोटो कपडामाथि पत्रकारको क्यामेराले फोकस गर्यो र सामाजिक संजाल देखि युटुब लगाएत विभिन्न संचारमाध्यममा उनको भिडियो भाइरल हुन पुग्यो।

उक्त कार्यक्रमा उनकी छोरी कबिता र उनले लगाएको पहिरन लगभग उस्तै-उस्तै नै थियो। तर युटुबमा “उमेर पच्पन्न रहर बचपन” जस्ता विभिन्न प्रकारको हेडलाइन देखेपछि उनले पत्रकारमाथि कडा आक्रोश पोखेकी छिन। उनले आफ्नो सामाजिक संजालमा एक तस्विर हाल्दै लेखेकी छिन ‘मेरो पहिरनको बहाना बनाएर मेरो निजी स्वतन्त्रता माथी हमला गर्ने! र सम्पूर्ण नारीजाती माथी हुने पीत पत्रकारिताको सम्मान स्वरुप यो एउटा अर्को पहिरन लगाए । अब यस्को ‘क्याप्सन’ बनाउन अनुरोध गर्दछु ।’

यस्तो छ उनको पुरा स्ट्याटस:

म एउटा कलाकार हु,मेरो हरेक क्रियाकलाप ग्यामर संग जोडिएर हेरिन्छ ।
साथै म एउटा् सार्वजनिक व्यक्तित्व भयेको नाताले समाजमा पर्ने असरको बारेमा ध्यान पुर्याउदै आफ्ना निजि ( खाने,बस्ने ,लगाउने ,बोल्ने आदि ) क्रियाकलाप गर्नुपछ ।
तर
एक्काइसौं सत्ताप्दिको दोस्रो दसकमा आइपुग्दा पनि स्वतन्त्र देशमा एउटा नागरिकले अफुले चाहेको खान, लगाउन, र बोल्न,नपाइने ?
चित्त नबुझेको काहानेरहो भने ..
ठिक छ मैले लगाएको पहिरन गलत भयो होला त्यस बारे टिप्पणी गर्नुस तर मेरो बोल्ने शैली ,उमेर ,मेरा रहर ,मैले पुरा गर्न खोजेका इक्षा ,हरेक कुराको हासो बनाएर , करिश्माको जात्रा भनेर लेखेर के पाउनु हुन्छ ती माहानुभावहरुले ? ( Trthur s . Levine ) को Coat n skirt म घरमा बस्दा लगाउनु ?
मेरो पहिरनको बाहाना बनाएर मेरो निजि स्वतन्त्रता माथी हमला गर्ने! र सम्पूर्ण नारिजाती माथी हुने पित पत्रकारिताको सम्मान स्वरुप यो एउटा अर्को पहिरन लगाए । ( BLACK )
अब येस्को Caption बनाउन अनुरोध गर्दछु ( जसरी उमेर पच्पन्न रहर बचपन भनेर त्यो Dress लगाउदा बनाउनु भयेको थियो । Happy saturday friends 💕

Share.

Comments are closed.

error: Content is protected !!