यी हुन आत्माहत्या गर्नु अगाडि देखिने लक्षणहरु – जानी राखौ

0

आत्माहत्या अर्थात आफैले आफैलाई हत्या गर्नु । मान्छेले आत्माहत्याको बाटो धेरै कारणहरुले रोज्छन जसमध्ये कसैको प्रेममा धोका खानु , जागिर नपाउनु, एक्लोपनको महसुस गर्नु , पारिवारिक समस्य आदि इत्यादी । हुन त आत्माहत्या गर्नु भनेको पाप हो तर बर्सेनि लाखौ मान्छेहरु आत्माहत्यालाई नै बैकल्पिक उपयाको रुपमा रोज्ने गरेका छन् ।

मान्छेहरु आत्माहत्या गर्नु भने पहिले केहि लक्षण हरु देखाउने गर्छन यो कुरा सत्य हो जस्तो लाग्छ किनकि धेरै जना मैले चिनेको व्यक्तिहरु जो आत्माहत्याको बाटो रोजे तिनीहरु केहि न केहि लक्षण देखाए । यसको एउटा उदाहरण हो डिप्रेसन । डिप्रेसन लाईनै आत्महत्याको प्रमुख कारण मानिन्छ । अध्ययनका अनुसार संसारमा ३ मध्ये २ आत्माहत्या डिप्रेसनको कारणले गर्छन । यो बर्षपनि नेपालमा धेरै व्यक्तिहरुले आफ्नो समस्याको समाधान आत्माहत्या नै रोजे ।

बैदेशिक रोजगारीमा गएका नेपालीहरुले गर्ने आत्माहत्याको सङ्ख्या पनि दिनानु दिन बढ्दै गइरहेको छ । भारत आत्महत्या सम्बन्धी अध्ययनमा नेपालभन्दा निकै अगाडि छ । । नेपालमा विगत वर्षहरूमा दर्ता भएका आत्महत्याका संख्यालाइ तुलानात्मक अध्ययन गर्ने हो भने बर्सेनि झण्डै १० प्रतिशतको हिसाबले आत्महत्या बढ्दै गएको पाइन्छ ।

यहाँ मनन गर्नुपर्ने तथ्य के पनि छ भने थुप्रै आत्महत्या का घटनाहरु आत्महत्याको रुप मा दर्ता नभई दुर्घटना या अन्य कुनै शारीरिक समस्या के मृत्यु भएको भनि दर्ता हुन्छन । आत्महत्या किशोरावस्थामा हुने मृत्युका कारणमध्ये तेस्रोमा पर्दछ । प्रायजसो घटनाहरूमा केटाहरू नै आत्महत्याका शिकार भएको पाइएको छ । आत्महत्याको प्रयासमा अस्पतालमा भर्ना हुन पुगेका युवाहरूमध्ये प्रत्येक १२ पुरुषमा १ पुरुष मर्दछन भने आत्महत्या को प्रयास गर्ने ३०० महिला मा १ मर्दछन। यसबाट पुरुषहरू आत्महत्याको क्रममा बढी कठोर साधनको प्रयोग गर्छन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

२०१६-२०१७ को बिचमा काठमाण्डौमा मात्र ४६८ जनाले आत्माहत्या गरे जून हत्या भन्दा ७ गुना बढी हो भने सडक दुर्घटनाभन्दा २ गुना ज्यादा हो ।

आत्माहत्याबारे तथ्यहरु :

  •  आत्माहत्या गर्नेमा पुरुषको संख्या महिलाको भन्दा धेरै छ ।
  • बार्षिक रुपमा सरदर ३८००० जना अमेरिकनहरु आत्महत्या गर्छन जसमध्ये पुरुषको संख्या ४ गुणाले बढि छ ।
  • आत्माहत्याको प्रयास गर्ने गर्न हरु धेरै भन्दा धेरै १८ देखि २९ बर्ष उमेर समूहका छन् भने ७७ प्रतिशत आत्माहत्या कम आयस्रोत भएको देशहरुमा हुने गरेको छ ।
  • समलिंगी र लेस्बियनहरु जो आफ्नो परिवारले सजिलै स्विकार्दैनन तिनी हरुले बढि भन्दा बढि आत्माहत्या गर्ने गरेका छन् भने समस्याको समाधानको विकल्पको रुपमा पनि आत्माहत्यालाई लिन्छन।
  • अमेरिकामा लगभग १०५ जना मान्छेले दैनिक आत्माहत्यागर्छन भने बार्षिक रुपमा करिब ८००००० मान्छेले आत्माहत्या गर्छन मतलव प्रत्येक ४० सेकेन्डमा एक जना व्यक्तिको मृत्यु भईरहेको हुन्छ ।
  • डिप्रेसनद्वारा ग्रस्त १५ देखि २० प्रतिशत व्यक्तिहरू आत्महत्याद्वारा मर्दछन् । यो सामान्य जनसमुदायको भन्दा १० देखि १५ गुणा बढी दर हो
  • हुन त सबै मान्छेहरुले तल उल्लेख गरिएका लक्षणहरु देखाऊदैनन् तर धेरै भन्दा धेरै मानिसहरुमा भने यो सत्य साबित रहेको पाइन्छ फेरी तल उल्लेख गरिएका केहि लक्षण देखिदैमा कसैले आत्माहत्या गर्न लागेछ भनेर अर्थ लगाउनु पनि गलत हुन्छ ।

आत्माहत्या गर्नु भन्दा अगाढी देखिने केहि लक्षणहरु

  • आत्माहत्याको बारेमा कुरा गर्नु वा आत्माहत्या सम्बन्धि कुराहरुको खोजि गर्नु,
  •  आफु हारेको महशुस हुने निराशाजनक कुराहरु गर्नु,
  • आफ्नो समस्यालाई सबैभन्दा ठुलो लिनु र कसैको पनि सहयोग लिन नखोज्नु,
  • फेसबुक वा अन्य सोसियल मिडियातिर आफु हारेको वा केहि गर्न नसक्ने खालको तस्विर अथवा स्ट्याटसहरु लेख्नु,
  • आफुले मन पर्ने क्षेत्रमा पनि काम गर्न पूर्ण इनर्जी नलगाउनु वा चासो नदिनु,
  • एकोहोरो हुनु वा एकान्तपनमा एक्लै टोलाएर बस्न रुचाउनु,
  • साथीहरु संगको घुलमिलबाट टाढै बस्न खोज्नु,
  • अनौठो किसिमको सुत्ने समय तालिका (रातभरि निन्द्रा नलाग्नु वा दिनभरी निन्द्रा लाग्नु ),
  • बारम्बार आफुलाई मार्न खोज्नु वा आफुले आफैलाई चोटपटक लगाइरहनु,
  • कसैसंग आखा नाजुदाई एक टकले भुइँ तिर हेरेर टोलाईरहनु,

 

Share.

Comments are closed.

error: Content is protected !!