यी हुन् उमेरले ४० कटेका बलिउडका ४ बोल्ड अभिनेत्री

0

बैशाख २३, बलिउडमा केही यस्ता अभिनेत्री छन् जसले ४० पार गर्दा पनि उनीहरुको सुन्दरतामा कमी आउन दिएका छैनन् । जवानीमा कमी आएको छैन । उमेरले ४० कटिसकेका, बच्चाका आमा भइसकेका अभिनेत्रीहरु अझै फिल्ममै छन् । उमेर बढ्दा पनि उनीहरुको सुन्दरतामा ह्रास आएको छैन । चाहे ऐश्वर्या होस्, शिल्पा होस् या काजोल अथवा मलाइका नै किन नहोस्, यी सबै अभिनेत्रीहरुले उमेरलाई मात दिँदै आएका छन् ।

आज हामी तिनै ४० कट्दा पनि सुन्दरतामा कमी नआएका अभिनेत्रीहरुबारे चर्चा गर्नेछौं :

१. मलाइका अरोडा खान- ४४ वर्ष
खान खानदानकी पूर्व बुहारी मलाइका अरोडा प्राय: आफ्नो बोल्ड अवतारका कारण खबरमा छाउँछिन् । मलाइका सामाजिक सञ्जालमा पनि चर्चित् छिन् । मलाइका अहिले ४४ वर्षकी भइन् तर उनी अझै बलिउडका अभिनेत्रीलाई हटनेसको मामिलामा टक्कर दिन्छिन् । मलाइका फिल्ममा नदेखिए पनि उनको चर्चा कुनै चलेको अभिनेत्रीको भन्दा कम छैन । मलाइकाले केही समयअघि पति अरबाजसँग सम्बन्धबिच्छेद गरेकी थिइन् । उनको जन्म २३ अक्टोबर , १९७३ मा भएको हो । उनी अहिले ४४ वर्षकी भइन् ।

२. ऐश्वर्या राय बच्चन- ४४ वर्ष
४४ वर्षीया ऐश्वर्या राय बच्चन अहिले पनि बलिउडमा सुपरस्टारको रुपमा छिन् । उनी एक ७ वर्षीया बच्चाकी आमा हुन् तर पनि उनको ग्ल्यामरमा कुनै पनि कमी आएको छैन । करण जोहरको फिल्म ‘ऐ दिल है मुश्किल’मा ऐश्वर्याको ग्ल्यामर र सुन्दरता हेर्न लायक थियो । अहिले पनि बलिउडमा निकै अफरहरु आइनैरहेका छन् । तपाईलाई जानकारी गराऔं कि ऐश्वर्याले हालै एक नयाँ फिल्म साइन गरेकी छन् । यस फिल्मका लागि उनले १० करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् । ऐश्वर्या फिल्म ‘रात और दिन’ को रीमेकमा काम गरिरहेकी छन् ।

३. काजोल- ४४ वर्ष
एकपटक फेरि नयाँ फिल्ममार्फत मिसेज सिंघम अर्थात् काजोल ठूलो पर्दामा देखिन लागेकी छन् । ४४ वर्षीया काजोल आफ्नो सुन्दरताको जादु अझै चलाउँदेछिन् । काजोलको यो फिल्म आनन्द गान्धीको एक गुजराती प्लेमा आधारित छ । काजोल दुई बच्चाकी आमा बनिसकेकी छन् तर पनि उनीमाथि फिल्मको अफर बढिरहेको छ । उनको फ्यान अझै घटेको छैन ।

४. शिल्पा शेट्टी- ४३ वर्ष
शिल्पा शेट्टी ४३ वर्षकी भइन् तर उनलाई देख्दा लाग्दैन कि ४० कटिसकेकी छन् । शिल्पाले सुन्दरता र फिटनेसको मामिलामा अहिलेका अभिनेत्रीहरुलाई हराइदिन्छिन् । योगा गरेर उनले समय रोकिदिएकी छन् । हालै उनी बिकिनीमा देखिएकी थिइन् । दुवईमा छुट्टी मनाउन गएकी शिल्पा बिकिनीमा निकै हट देखिएकी थिइन् । हाल शिल्पा ‘सुपर डान्सर्स’ शो को जज गरिरहेकी छन् ।

Share.

Comments are closed.

error: Content is protected !!