यी अभिनेतालाई लाग्यो यौन दुर्व्यवहारको आरोप

0

एजेन्सी : पाकिस्तानी अली जफर बलिउड क्षेत्रमा स्थापित अभिनेता हुन्। सन् १०८० मा पाकिस्तानमा जन्मिएका उनले सन् २००४ मा हुक्का पानी एल्बमबाट म्युजिक यात्रा सुरु गरेका थिए। त्यसपछि चलचित्र तेरे बिन लादेनमा काम गरेपछि उनी बलिउड क्षेत्रमा प्रवेश गरेका हुन्।

उनले जफर ने चश्मेबद्दुर र मेरे ब्रदरकी दुल्हन, लण्डन पेरिस न्यूर्योकमा समेत काम गरेका छन्। उनी भारतमा फिल्मफेयर अवार्ड प्राप्त गर्ने पहिलो पाकिस्तानी अभिनेता हुन्। उनले आइशा फजलीसँग सन् २००९ मा विवाह गरेका थिए। आइशा सुपरस्टार आमिर खानकै आफन्त हुन्।

सन् २०१८ मिशा शाफीले अलीमाथि यौन उल्पीडनको आरोप लगाएकी थिइन्। त्यसपछि केही व्यक्तिले पनि उनको चरित्रमाथि प्रश्न उठाएका थिए।

 

Share.

Comments are closed.

error: Content is protected !!