यातायात व्यवसायी महासंघमा खनाल समूहको उम्मेदवारी घोषणा

0

काठमाडौँ, ३० पुस: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा कार्यवाहक अध्यक्ष डोलनाथ खनाल समूहले उम्मेदवारी घोषणा गरेको छ ।

माघ १७ देखि १९ गतेसम्म चितवनमा हुने महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनको निर्वाचनका लागि आज काठमाडौँमा खनालको नेतृत्वमा वाम गठबन्धनसहितको समावेशी समूहले उम्मेदवारी घोषणा गरेको हो ।

उक्त समूहको वरिष्ठ उपाध्यक्षमा दीपक अधिकारी र भरत तिमल्सेना, उपाध्यक्षमा जीतबहादुर भारती, मीनबहादुर मानन्धर र शरद अधिकारी, मालवाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ र महासचिवमा पुन्यप्रसाद (सरोज) सिटौला उम्मेदवार रहेका छन् ।

यसैगरी, उपमहासचिवमा डेगनाथ गौतम र वसन्त भण्डारी, कोषाध्यक्ष हेमन्त शेरचन, सहकोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ र पर्यटनतर्फको वर्गीय संयोजकमा पुरुषोत्तम सिंखडा उम्मेदवार बनेका छन् ।

कुल ९३ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुने महासंघको उक्त समूहबाट एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, तीन सचिव, नौ वर्गीय संगठनको संयोजक र सदस्यको उम्मेदवारी घोषणा हुन बाँकी रहेको महासचिव सिटौलाले जानकारी दिनुभयो ।  (रासस)

Share.

Comments are closed.

error: Content is protected !!