Monday, May 28

यातायात क्षेत्रमा हड्ताल नगर्ने सर्तमा ५० जना व्यवसायी रिहा

0

काठमाण्डौ: यातायात बन्दका क्रममा पक्राउ परेका ५० व्यवसायी रिहा भएका छन् । विभिन्न जिल्लाबाट पक्राउ परेका १ सय २१ मध्ये ५० जना यातायात क्षेत्रमा हड्ताल नगर्ने सर्तमा रिहा भएका हुन् ।

हालसम्म ५० जनाले यातायात क्षेत्रमा हड्ताल नगर्ने प्रतिवद्धता जनाएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, महासचिव सरोज सिटौला लगायत ७१ जना भने अझै प्रहरीको हिरासतमा छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

सिन्डिकेट प्रणाली खारेज गर्ने सरकारी निर्णय विरुद्ध गत शुक्रबार आन्दोलनमा उत्रिएका व्यवसायीलाई प्रहरीले पक्राउ गरेको थियो ।

Share.

Comments are closed.

error: Content is protected !!