यहि शुक्रबारबाट चलचित्र ‘ब्याड ब्वाई’ प्रदर्शन हुँदै

0

पौष ५, काठमाडौँ : यहि शुक्रबारबाट चलचित्र ‘ब्याड ब्वाई’ प्रदर्शनमा आउने भएको छ । निर्माण युनिट यो मितिलाई चलचित्र प्रर्दशन मिति पक्का गर्दै प्रचार प्रसारमा समेत उत्रिएको छ । चलचित्र देशभर एकसाथ रिलिजमा आउने निर्माण युनिटले जनाएको छ ।

राजेश ढुङ्गाना, मनोज थापा, हरिष दाहाल, सुमित्रा श्रेष्ठ, रञ्जु सिलवाल, रोशनी घिमिरे, बिरेश दहाल, नानिकाजि ढंगोल लगायत कलाकारको अभिनय यस चलचित्रमा देख्न सकिन्छ ।

मनोज थापा र प्रकाश सिटौलाले निर्माण गरेको यो चलचित्र बरूण अधिकारीले निर्देशन गरेका छन्।

एक्सन प्रधान चलचित्र बताइएको ‘ब्याड ब्वाई’ले सामाजका बिकृति कथा उठाएको छ । देशमा युवाको भुमिका के, समाजलाई युबाहरूले कसरी बिर्गादैछन् लगायतका बिषय पनि यस चलचित्रमा देख्न सकिन्छ ।

माधब शर्माको लेखन, राजुजङ थापाको द्धन्द्ध, राम कार्कीको संगीत, गोविन्द राईको नृत्य, बिनोद सापकोटाको छायाँकन, सुबास देबकोटाको सम्पादन चलचित्रमा छ ।

यस फिल्मको बितरणको जिम्मा काठमाडौँकाे खड्का फिल्म्सले जिम्मा लिएको छ भने काठमाडौ बाहिरकाे जिम्मा यफ डि कम्पनीले लिएको छ।

Share.

Comments are closed.

error: Content is protected !!