यस कारण सर्‍यो नायक प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’को प्रदर्शन मिति

0

काठमाडौँ, २२ पुस : नायक प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ पूर्व निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । निर्माता गोविन्द शाहीको अनुसार चैत ३० गते प्रदर्शनमा आउने भनिएको ‘लिलिबिली’को हालसालै मात्रा छायांकन सकिएका कारण पोस्टप्रोडक्शन कार्य लम्बिने भएपछि प्रदर्शन मिति सारिएको हो। अब यो फिल्म बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ ।

निर्माता शाहीले भने, ‘पोस्टप्रोडक्शनको काम लम्बिने छाँटकाट देखिएपछि ‘लिलिबिली’लाई चैत ३० मा ल्याउन नसक्ने भएका हौं । चाँडै हामी एक गीत सार्वजनिक गरेर फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गर्नेछौं । अब हाम्रो तयारी भने बैशाख १४ गते फिल्मलाई प्रदर्शनमा ल्याउने छ ।’

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको यस फिल्ममा निर्देशक मिलन चाम्सको निर्देशन रहेको छ भने यस फिल्ममा प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही लगायतका कलाकारहरुको अभिनय छ । गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी रहेको ‘लिलिबिली’ को छायांकन लन्डन, स्कटल्याण्ड, टर्कीको स्थानबुल र नेपालमा गरिएको छ ।

‘लिलिबिली’ चैत ३० बाट हट्नुको कारण बलिउड स्टार अक्षय कुमार र साउथ सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘२.०’ लाई मानिएको छ । यसअघि बैशाख १४ मा आउने भनिएको ‘२.०’ बैशाख १ अर्थात्, अप्रिल १४ मा आउने भएपछि ‘लिलिबिली’को रिलिज पोस्टपोन्ड गरिएको स्रोत बताउँछ ।

बैशाख १४ गते नै नायिका केकी अधिकारीद्वारा निर्मित तथा अभिनीत फिल्म ‘कोहलपुर एक्सप्रेस’ पनि प्रदर्शनमा आउने फाइनल भइसकेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!