यस्ता छन् यौन सम्पर्कमा चरम आनन्द लिने तरिका !

0

यौन चाहानाबाट प्राय सबै परिचित नै छौँ । मानिस मात्रै होईन जिब जनावर, पशुपक्षिं देखि सबै जसोलाई यौन चाहाना हुनु सामान्य कुरा हो । तर नजान्दा सेक्समा भरपुर चरम सुख लिन नसकिरहेका थुप्रै घट्ना छन् । सेक्समा भरपुर सन्तुष्टिका लागि मस्तिष्क र शरीरकाबीच तालमेल एकदमै आवश्यक छ ।

यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला पार्टनरहरुकाबीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छन् । एकको आनन्द अर्कोलाई आनन्द देओस र एकको सन्तुष्टि दोस्रोको चरम सन्तुष्टि बन्न सकोस ।

सेक्स विशेषज्ञका सल्लाह छ कि यदि तपाईं यौन सम्पर्कमा चरम सन्तुष्टि हासिल गर्न चाहनुहुन्छ भने यी चार तरिकाको अवलम्बन गर्नु आवश्यक पर्छ । मान्नुहोसः सेक्सको असिम आनन्दले तपाईलाई हर्ष्विभोर बनाउनेछ ।

सिडक्सन
सेक्समा आनन्द पाउनका लागि तपाईको पार्टनर मानसिक रुपमा तयार हुनु आवश्यक छ । जसका लागि सबैभन्दा पहिलो आफ्नो पार्टनरमा सेक्सको इच्छा जगाउनु जरुरी हुन्छ ।

सेनसेशन
यौन क्रियाका आनन्द लिनका लागि दुबै पार्टनरका इन्द्रियहरु सेक्स मै केन्द्रीत हुन जरुरी छ । मस्तिष्क सँगसँगै शरीरका हरेक अंग यौन उत्तेजनाअनुसार क्रियाशील हुन सक्नुपर्छ र सेक्सको आनन्द महसुस गर्नुपर्छ । यसले सेक्स क्रियामा गति ल्याउँदछ, उत्तेजना बढ्दै बढ्दैं चरमसुखमा पुग्दछ ।

समर्पण
जब तपाईको पार्टनर सहमति र समर्पण आवश्यक ठान्छ, त्यतिबेला उसका सामु आफूलाई पूर्ण रुपमा समर्पण गर्न सक्नुपर्दछ । यदि दुवै जना यौनक्रियालाई महत्व दिदैंन भने उनीहरुले चरमसुख प्राप्त गर्न सक्दैंनन् । यसका लागि यौन क्रियाका बेला विस्तारै फरक फरक आसन रहेर सेक्स क्रिया अगाडि बढाउनुपर्दछ । जब एक ड्राइभर हुन्छ, त्यतिबेला दोस्रो केवल दर्शक भएर उसमा समर्पित हुनु जरुरी हुन्छ ।

रिफलेक्सन
यौन क्रियाको समयमा यो जरुरी छ कि आफ्ना इच्छा, आकांक्षा र भावना तथा सुखको खुलेर आफ्नो साथीसँग बाड्नुपर्दछ । उदाहरणका लागि एकले अर्कोलाई उसलाई कहिले रमाइलो र आनन्द लागिररहेको छ कहिले अप्ठ्यारो लागिरहेको छ । कतिबेला सेक्सको रफ्तार बढाउने इच्छा लागिरहेको छ यस्तै–यस्तै । यसले दुवैलाई असिम आनन्द प्राप्त हुन्छ ।

सेक्स कतिबेला र कतिपटक गर्ने ?
सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ ।

एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो ।

स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ ।

यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ ।

यौन सम्पर्कका अन्य धेरै फाइदाहरु पनि रहेका छन् ।

सेक्स गर्दा मोटोपन घट्छ
अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सलाहकार डा. डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए । डा. डेबीका अनुसार विहानको समयमा सेक्स गर्दा हाम्रो शरिरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ ।

यसैगरी अमेरिकी अर्का सेक्स सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । सेक्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ ।

सेक्स कतिपटक गर्ने ?
सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ ।

त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । बिहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।

बिहानको सेक्समा कसरी मजा लिने ?
बिहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन भने बिहानमै सेक्स गर्दा राम्रो ।

बिहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ ।

रातिमा सेक्स किन नगर्ने ?
बिहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने पनि बताउने गरिएको छ ।

३ देखि १३ मिनेटको सेक्स पर्याप्त
घण्टौंसम्मको सेक्सभन्दा ३ देखि १३ मिनेटको सेक्समै अधिकतम सन्तुष्टि मिल्ने अनुसन्धानबाट पुष्टि भएको छ । अमेरिकास्थित पेन स्टेट युनिभर्सिटीका शोधकर्ताहरूले आफ्नो अनुसन्धानबाट उक्त कुरा पुष्टि गरेका हुन् ।

उनको शोधमा सामेल स्त्री–पुरुषले आधा घण्टाभन्दा बढी नै समय सेक्स गर्न चाहने गरेको पाइयो । तर यसले निराशा र असन्तुष्टि पैदा गर्ने शोधकर्ता कोर्टी बताउँछन् ।

Share.

Comments are closed.

error: Content is protected !!