यसरी बनाउनुस जाडो भगाउन गाजर र अदुवाको तात्तातो स्वादिष्ट सूप

0

पिएनपिखबर, भक्तपुर : जाडोमा आफुलाई फ्रेश र न्यानो राख्न चाहनुहुन्छ भने सधै यो सुप पिउनुहोस्।

यस्तो छ यसको रेसिपी :-

आवश्यक सामग्री

  • ४०० ग्राम गाजर, टुक्रा पारेको
  • एउटा कचाउरोमा काटेको अदुवा
  • २ चम्चा तेल
  • १ सानो चम्चा जीरा
  • १ चम्चा जिरा
  • थोरै मात्रामा हींग
  • सानो १ चम्चा नुन
  • २ सानो चम्चा चीनी
  • २ सानो चम्चा कागतीको रस
  • १ चौथाई चम्चा कालो खुर्सानीको पाउडर

विधि :-

१. ठिक्कको आगोमा कराई बसाल्नुहोस। तेल हालेर तातेपछि यसमा जिरा, ज्वानो र हींग हालेर भुट्नुहोस्। त्यसपछि कालो खुर्सानी, काटेको गाजर र अदुवा हालेर १० मिनेट सम्म पकाउनुहोस।

२. आधा लीटर पानीमा फ्राई गरेको गाजर, अदुवा हालेर पातलो घोल बनाउनुहोस्।

३. एक पटक फेरी कराईम गाजर र अदुवाको मिश्रण हालेर ठिक्कको आगोमा पकाउनको लागि छाड्नुस। अब यसमा नुन र चिनी हालेर १० मिनेटसम्म मधुरो ग्यास बनाएर पकाउनुहोस। केहि समयपछि कागतीको रस हालेर ग्यास बन्द गर्नुहोस।

४. गाजर र अदुवाको स्वादिष्ट तात्तातो शुप तयार छ।

Share.

Comments are closed.

error: Content is protected !!