यसकारण ३० किलोको माला लगाएर धिरज राईलाई अभिनन्दन गरिँदै

0

पिएनपिखबर। धिरज राई, खासै चिनाई राख्नुपर्ने नाम त होइन । पप गायनमा डंका पिटेका उनी नेपाली माइकल ज्याक्सनमा रुपमा चिनिन्छन् । उनले गाउने र नाच्ने शैलीले मात्रै हैन गेटअपले पनि माइकल ज्याक्सनको ट्याग पाएका हुन् । उनलाई किशोरावस्थादेखि नै माइकल ज्याक्सन खुबै मन पर्थे । उनी माइकलको जस्तै ज्याकेट लगाउने अनि कपाल पाल्ने गर्थे ।

तर धिरज राईको परिचय अर्को पनि छ, जुन धेरैका बिच लुकेको छ । त्यो हो, उनी इञ्जिनियरपनि हुन् साथै अंग्रेजी साहित्यका शिक्षकपनि । पेशा र कामले सबै क्षेत्रमा आनन्द र मज्जा लिन सक्ने क्षमताका राईले ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान अन्तर्गत टुडिखेलमा ५० हजार नेपाली उपस्थित गराई गिनिज बुकमा रेकर्ड राख्न उनले निकै सघाएका थिए। अझ भनुम उनकै नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न पनि भएको थियो।

शान्तिका अग्रदुत गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हाे । तर, गलत उद्देश्यले गाैतम बुद्धकाे जन्मस्थान भारत रहेकाे भ्रम छरेकाे पनि भेटिन्छ । यिनै भ्रम चिर्न बुद्धकाे जन्मस्थान ‘नेपालकाे लुम्बिनी’ गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा दर्ता गराउन अग्रसर भएका गायक धिरज राई बिगत ८ बर्षदेखी बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै अभियान चलाउदै आएका छन्।

करिब एक दशक अघि स्नातकाेत्तर तह अध्ययनका क्रममा ‘हिस्टाेरी अफ दि नाेलेज’ पुस्तकमा बुद्धकाे जन्म भारतमा उल्लेख गरिएकाे फेला पारेपछि गायक राईको मन दुखेकाे थियो । उच्च तहमा पनि यस्ता गलत अध्यापन गराइँदा किन कसैले विराेध गरेनन् ? उनलाई यसले चिमाेटेकाे थियाे । उनले अठाेट गरे, याे भ्रमकाे म अन्त्य गर्छु ।

काेर्षका किताबमा मात्रै हाेइन हिन्दी टेलिसिरियलमा समेत बुद्ध भन्ने टिभी शो प्रसारण हुन थालेपछि गायक राईले थालेकाे आन्दोलन र विद्रोहबाट त्यो पुस्तक हटाइएको थियो । यसपछि आफ्नाे गायन कला मार्फत गीतका माध्यमबाट पनि उनले बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश देश विदेश पुर्‍याए । उनले ‘बुद्ध वाज बर्न इन नेपाल’ नामक गीति एल्बम नै ल्याए ।

उनको यस्तो माहान कार्य नेपालको लागी नै सम्मान योग्य छ। उनलाई बैसाख एक गते यानिकी नेपाली नँया वर्षको दिन पारेर सम्मान पनि गरिँदै छ। पाटन दरबार स्क्वायरमा ‘पाटन ज्यापु समाज’ले उनलाई अभिनन्दन गर्न लागेको हो। नेवारी बाजागाजाको साथमा उनलाई सम्मान गर्न लागिएको हो।

Share.

Comments are closed.

error: Content is protected !!