म्यानमारमा चुनाव प्रचार अभियान सुरु

0

याङगोन, १८ भदौ : म्यानमारमा हुन लागेको उप–निर्वाचनका लागि सोमबारबाट प्रचार अभियान सुरु भएको छ । विभिन्न राजनीतिक दलहरुको सहभागितामा सञ्चारमाध्यमबाट अभियान सुरु गरिएको म्यानमार न्युज एजेन्सीले जनाएको छ । म्यानमारमा आउँदो नोभेम्बर ३ का लागि मतदानको मिति तय भएको छ ।
अभियान अन्तर्गत निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले राज्यद्वारा सञ्चालित म्यानमार रेडियो र टेलिभिजनबाट प्रचार प्रसार गर्नेछन् ।

पहिलो चरणका प्रचार प्रसारहरू आउँदो सेप्टेम्बर ३ देखि २६ सम्म गर्ने तय गरिएको छ । त्यसैगरी दोस्रो चरणका कार्यक्रमहरु अक्टोबर ९ देखि नोभम्बर १ सम्म हुनेछन् । ती कार्यक्रमहरूलाई राज्यद्वारा सञ्चालित पत्रिकाले पनि समेट्ने बताइएको छ । म्यानमारमा अहिले संसदका १३ सीटका लागि निर्वाचन हुन लागेको हो । तीमध्ये निर्वाचनबाट चार जना तल्लो सदन (प्रतिनिधि सभा), एक जना माथिल्लो सदन (राष्ट्रिय सभा) र बाँकी आठ जना प्रदेश सभाका लागि निर्वाचित हुनेछन् ।

यसअघि भएको निर्वाचनमा सत्तारुढ दल नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) ले नै अधिकांश ठाउँका जित हासिल गरेको थियो भने अहिले पनि त्यस्तै नतिजा आउने अनुमान गरिएको छ । यसअघिको प्रदेश सभाको निर्वाचन सन् २०१७ को अप्रिलमा भएको थियो । आम निर्वाचन भने सन् २०१८ को नोभेम्बर ८ तारिखका दिन भएको थियो । सो निर्वाचनबाट एनएलडीले संसदमा पूर्ण बहुमत हासिल गरेको थियो ।
-रासस÷सिन्ह्वा

Share.

Comments are closed.

error: Content is protected !!