Monday, May 28

म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनलाई ब्रेन ह्यामरेज

0

बैशाख २३, म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनलाई ब्रेन ह्यामरेज भएको छ । उनलाई शनिवार ब्रेन ह्यामरेज भएको बताइएको छ । उनलाई तत्काल अस्पताल लगिएको र आकास्मिक शल्यक्रिया गरिएको बीबीसीले जनाएको छ ।

साल्फोर्ड रोयल अस्पतालमा सफल शल्यक्रियापछि फर्गुसन खरातामुक्त रहेको बताइएको छ । म्यानचेस्टर युनाइटेडले विज्ञप्ति निकाल्दै ७६ बर्षिय फर्गुसनको स्वास्थ्य अवस्था ठिक हुँदै गएको बताएको छ ।

युनाइटेडका सफल प्रशिक्षक फर्गुसनले सन् २०१३ बाट प्रशिक्षण जीवनबाट सन्यास लिएका थिए । फर्गुसनले सन् १९८६ बाट २०१३ सम्म म्यानचेस्टर युनाइटेडको प्रशिक्षक पद सम्हालेका थिए ।

युनाइटेडमा २६ बर्ष बतिाएका उनले ३८ उपाधि दिलाएका थिए । उनले युनाइटेडलाई १३ प्रिमियर लिग, २ च्याम्पियन्स लिग र ५ एफए कप उपाधि दिलाएका थिए । यस्तै फर्गुसनले ४ लिग कपको उपाधी समेत जिताएका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!