मोरङको मधुमल्लामा करेन्ट लागेर एक युवकको मृत्यु

0

विराटनगर, ४ जेठ  :  मोरङको मिक्लाजुङ–७ को मधुमल्लामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका अर्जुन राईका १६ वर्षीय छोरा सुनिलको उपचारका क्रममा मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ ।

उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेर कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि उर्लाबारीस्थित मंगलबारे अस्पतालमा पठाइएको छ । रासस

Share.

Comments are closed.

error: Content is protected !!