Sunday, May 27

मोदीको नेपाल भ्रमणको विषयमा युवा नेता गगन थापा संसदमा यसरी गर्जिए [हेर्नुहोस भिडियो सहित]

0

पिएनपिखबर, भक्तपुर : नेपाली काँग्रेसका युवा नेता गगन थापाले संसदको बैठकमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बारेमा सरकारले देखाएको व्यवहारप्रति कडा आलोचना व्यक्त गरेका छन् ।

कांग्रेसका नेता गगन थापाले बैठकमा प्रधानमन्त्री माथि आक्रोशित हुँदै भने,’नेपलको भारतको बीचको सम्बन्ध सुमधुर होस् भन्ने चाहान्छौ त्यसकारणले हाम्रो लागि यो खुशीको कुरा हो। ‘मेरो चासो मेरो प्रधानमन्त्रीको बारेमा हो म सम्झन्छु विश्वासको मत लिदै गर्दा गर्जिनु भएको प्रधानमन्त्री। हिजो मैले मेरो प्रधानमन्त्री देखे, शब्द खोज्दै गरेको प्रधानमन्त्री। ती युगलले छोप्न खोज्दै गरेको प्रधानमन्त्री।’

‘मलाई लाग्यो प्रधानमन्त्री गर्जनु भएको त्यो दिन सम्झिए। तर मलाई अचम्म लाग्यो गर्जने बादल वर्सदैन भन्ने मलाई राम्ररी थाहाँ छ त्यो हिजोको देशको हितको विरुद्ध केहि पनि काम गरेको छैन भनेर कसले भनेको थियो न त सांसददले भनेका थिए न त यो सडकमा कसैले भनेका थिए भन्दै थापाले यो हिन्नाताबोध किन भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे ?’

प्रधानमन्त्री ओली भन्दा पहिला पनि दुई प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले पनि मोदीलाई भेटेका थिए र त्यसबेला कसैलाई सिंगडा बेच्न गएको त कसैलाई घुँडा टेक्न गएको भनेको भन्दै थापाले आफूले गर्दा पूण्य, अरुले गर्दा पाप भनेर प्रश्न गरेका थिए।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद थापाले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा ओलीले ‘भ्रमण ठीक छ, तर यो तामझाम हेर्दै गर्दा लम्पसारवादी भन्न मन लागेको छ’ भनेको स्मरण गरे । उनले भने, ‘मेरो परिभाषा होइन, उहाँकै परिभाषामा सरकारको यो तामझाम हेर्दा मैले महा लम्पसारवादी भन्न पाउने कि नपाउने ?’

आज नेपालभित्र भारतीय सेना किन आयोभन्दा सत्तासिन पार्टीका एक जना माननीय उठेर भन्दै हुनुहुन्छ, ‘नेपालको सरकारले सुरक्षा दिन सकेन । मेयरको सुरक्षा दिन सकेन, यो सकेन, त्यो सकेन । त्यसकारण भारतको सेना नेपाल आएको भनेर कतै त्यही कालापानी दोहोर्‍याउन खोजिएको त होइन ?’

सम्बोधनका क्रममा थापाले राष्ट्रियतालाई भोटको विषय नबनाउन आग्रह समेत गरेका छन् । नेपालको भारत र चीनसँगको सम्बन्धबारे साझा दृष्टिकोण बनाउने बेला आएको भन्दै उनले भने, ‘सरकारमा रहे पनि प्रतिपक्षमा रहे पनि एक ढिक्का बनौं, अनि बल्ल तीर्थयात्रा होला वा मित्रयात्रा होला, त्यसबाट नेपालले लाभ लिन सक्छ ।’

थापाले ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएको छैन’ भन्ने ब्यानर (विवेकशील साझा) पार्टी कार्यालयमा राख्न नदिएकोमा पनि ठुलो आपत्ति जनाएका छन् । उनले विगतमा प्रधानमन्त्रीले गरेको कुरा र मोदी भ्रमणमा हुँदा देखिएको सरकारको व्यबहारलाई मध्यनजर गरेर बैठकमा प्रधानमन्त्रीमाथि ठुलो आक्रोश पोखेका छन्।

हेर्नुहोस भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!