मोती जयन्तीमा चार सम्मानित

0

बागलुङ, २४ भदौ: कला, साहित्य र स्वास्थ्य क्षेत्रका चार व्यक्तित्व १५३ औँ मोती जयन्तीका अवसरमा आज सम्मानित हुनुभएको छ । धवलागिरी साहित्य प्रतिष्ठान, सार्थक प्रकाशन, धवल कला मन्दिर र स्मृति प्रकाशन बागलुङद्वारा संयुक्त रुपमा आयोजित मोती जयन्ती समारोहमा उहाँहरु सम्मानित हुनुभएको छ । पर्वत अस्पतालमा कार्यरत डा हेमादेवी छन्त्याललाई ‘सार्थक मोती सम्मान’ कलाकार सूर्यप्रसाद श्रेष्ठ ‘मिलन’ र इन्द्रकुमारी श्रेष्ठलाई ‘धवल मोती सम्मान’ र युवा स्रष्टा गङ्गा थापामगर ‘स्मृति युवा सम्मान–२०७५’ प्रदान गरिएको हो ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र धवलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले संयुक्त उहाँहरुलाई दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो । सम्मान ग्रहणपछि डा छन्त्यालले पेशा र समाजप्रति थप उत्तरदायी बन्न प्रेरणा मिलेको बताउनुभयो । कलाकार द्वय सूर्यप्रसाद र इन्द्रकुमारी श्रेष्ठ लामो समयदेखि भक्ति सङ्गीतको गायन र बादन विधामा क्रियाशील हुनुहुन्छ ।

बागलुङको काठेखोला गाउँपालिका–२ की थापामगर साहित्य सिर्जनामा समर्पित हुनुहुन्छ । उहाँको विसं २०६५ मा ‘भत्किएका सपना’ गजल सङ्ग्रह र विसं २०६७ मा ‘जीवनमृत्यु’ लघु तथा सामाजिक उपन्यास प्रकाशित छ । सम्मान प्रदान गर्दै बागलुङ नगरपालिकाका प्रमुख पौडेलले समाजमा योगदान पु¥याउने व्यक्तित्वको पहिचान र कदर गर्नुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष काजी रोशनले वर्षेनी सम्मानको कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो । मोती जयन्तीको अवसरमा दिइने ‘सार्थक मोती सम्मान’ र ‘धवल मोती सम्मान’ गत वर्षदेखि प्रदान गर्न थालिएको हो । स्मृति प्रकाशनले भने १० वर्ष अघिदेखि नै ४० वर्ष मुनिका युवा स्रष्टालाई सम्मान गर्दै आएको छ । समारोहमा विभिन्न कवि, लेखकले आफ्ना रचना पाठ गरेका थिए । भट्ट नेपाली गजलको प्रणेताको रुपमा समेत साहित्य जगत्मा परिचित हुनुहुन्छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!