मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दूई घाइते

0

धादिङ, ३ असोज: धादिङको पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका–७ जंङ्गेखोला नजीकै आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

खानीखोलाबाट गजुरीतर्फ जाँदै गरेको बा७९प ७२६५ नंको मोटरसाइकल राजमार्गमा पल्टिँदा मोटरसाइकलमा सवार तीन जनामध्ये एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुनीबेंशी नगरपालिका निवासी १८ वर्षीय अनिल लामा रहेका छन् । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य दुई जना सख्त घाइते छन् ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!