मैदानमै आर्मी र सुदूरपश्चिमबीच कुटाकुट

0

चैत १८, सर्लाही : शनिबार सर्लाहीमा आर्मी र सुदूरपश्चिमका खेलाडीबिच कुटाकुट भएको छ । सर्लाहीको बाग्मतीमा जारी राजर्षी जनक कप फुटबल अन्तर्गत शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका खेलाडीले सुदूरपश्चिम ११ का खेलाडीमाथि खेल मैदान भित्रै कुटपिट गरेपछि खेल विवादित बनेको छ ।

आर्मीका खेलाडीले सुरुदेखि नै मैदानमा रफ खेलिरहेकाले झडप भएको सूदुरपश्चिमका खेलाडीले बताए । खेलको पहिलो हाफको २२ मिनेटसम्ममा २–१ को स्कोरले पछि परेको आर्मीका खेलाडीले मैदानभित्रै सूदुरपश्चिमका खेलाडीमाथि कुटपिट गरेका थिए ।

मैदानभित्रै खेलाडी कुटिएपछि रेफ्री सुदिशकुमार पाण्डेले आर्मीका ३ खेलाडी विकेश पृथु, विकास तामाङ र दीपक गुरुङलाई रेड कार्ड दिएका थिए। त्रिभुवन आर्मी क्लबका खेलाडीहरु खेल छोडेर मैदान बाहिरिए, भने सुदूरपश्चिम ११ ले आफ्नो टिम विजय भएको दावी गर्दै जुलुस निकालेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!