मेस्सी बने सन् २०१७ को सर्वाधिक गोलकर्ता

0

पुस १०, बार्सिलोनाका स्टार लिओनल मेस्सी सन् २०१७ को सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन् । यस वर्षको अन्तिम खेलका रूपमा सिजनको पहिलो इएल क्लासिकोमा शनिबार राति पेनाल्टी गोल गर्दै उनले यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । बार्सिलोनाका ३० वर्षीय अर्जेन्टिनी स्टार मेस्सीले रियल मड्रिडका पोर्चुगिज स्टार तथा आफ्ना खास प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोसहित अन्य २ जनालाई मात्रै १ गोलले उछिन्दै सर्वाधिक गोलकर्तामा बाजी मारेका हुन् ।

शनिबार राति रियलको घरमा भएको यो सिजनको पहिलो इएल क्लासिको भिडन्तमा मेस्सीले खेलको ६४औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । त्यही गोलले नै उनलाई यस वर्षको सर्वाधिक गोलकर्ता बनायो । यो खेलमा रोनाल्डो गोलविहीन बन्दा त्यसको फाइदा मेस्सीलाई भयो । उक्त खेल बार्सिलोनाले ३–० ले जितेको थियो । यो खेलअघिसम्म सर्वाधिक गोलकर्ताको सूचीमा मेस्सी, रोनाल्डो र पिएसजीका इडिसन काभानी बराबरी थिए । उनीहरूले समान ५३–५३ गोल गरेका थिए । तर, अन्तिम खेलमा मेस्सीले गोल गरेपछि रोनाल्डोसहित अन्य ३ खेलाडी पछि परे ।

यस वर्ष क्लब र राष्ट्रिय टोलीबाट मेस्सीले कूल ५४ गोल गरेका छन् । त्यसक्रममा उनले ला लिगामा कूल ४० गोल गरे । राष्ट्रिय टोलीका लागि ४ गोल गरेका मेस्सीले च्याम्पियन्स लिगमा ४ गोल गरे । बाँकी गोल उनले अन्य प्रतियोगितामा गरेका छन् । यता सिजन १ गोलले पछि परेर अभागी साबित भएका रोनाल्डोले यो वर्ष कूल ५३ गोल गरे । उनले च्याम्पियन्स लिग र लिगामा १९–१९ गोल गरे भने पोर्चुगलका लागि ११ गोल गरे । बाँकी गोल अन्य प्रतियोगतामा गरे ।

मेस्सीपछि धेरै गोल गर्नेमा समान ५३–५३ गोल गर्नेमा तीन खेलाडी रहेका छन् । जसमा रियलका रोनाल्डोसँगै टोटह्यामका ह्यारी केनले यस वर्ष ५३ गोल नै गरे । यसवर्षको अनितम खेलमा गत राति सनसनीपूर्ण ह्याट्रिक गोल गरेर गोल सख्या ५३ पुर्याए । त्यसैगरी, समान ५३ गोल नै गर्नेमा पिएसजीका काभानी पनि छन् । उनले पनि यस वर्षमा कूल ५३ गोल गरे । उनले वर्षको अन्तिम खेलमा १ गोल गरेका थिए ।

त्यसैगरी, जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्कीले पनि यस वर्ष ५३ गोल नै गरे । तर, चार खेलाडीले १ गोलले पछि पार्दै मेस्सीले सर्वाधिक गोलकर्तामा बाजी मारे । अहिले मेस्सीभन्दा १ गोलले पछि परेका केनको टोली टोटनह्यामले डिसेम्बर २६ मा यस वर्षको अन्तिम खेल खेल्नेवाला छ । साउथह्यापटनविरुद्ध हुने उक्त खेलमा केनले गोल गरेको मेस्सीको कीर्तिमान तलमाथि हुन सक्नेछ । त्यस खेलमा केनले १ गोल गरे मेस्सीसँग बराबरी गर्नेछन् भने २ गोल गरेको खण्डमा उनले मेस्सीलाई पछि पार्दै यस वर्षको सर्वाधिक गोलकर्ता बन्नेछन् ।

Share.

Comments are closed.

error: Content is protected !!