मेलिना र उत्तमको आवाजमा निकै नै मन छुने गीत ‘तिम्रो साथ’ सार्वजनिक

0

काठमाडौं, २९ पुस : विन्दवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका मेलिना राई र गायक उत्तम विक्रम विष्टका आवाजमा रहेको निकै मन छुने ‘तिम्रो साथ ’बोलको गीतको अडियो तथा भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

आधुनिक विधाको गीतहरु संगितीक बजारमा न्युन भै रहेको अवस्थामा सन्जु पौडेलले ‘तिम्रो साथ’ चर्चित कलाकारहरुको आवाज र अभिनयमा ल्याएकी छन । जिन्दगीका दु:ख सुख सँगै जिउने, साथ पाउदाँ एक अर्काको प्रगति र मायामा खुशीयाली वातावरण सिर्जना भएको छ । जिवनको अन्तीम पलमा पनि मायालुकै साथमा बाच्ने कसम गीतमा खाइएको छ । रिसाएर पनि आफनी मायालुलाई नरिसाउन र जिवनका स्वर्णिम सपना सजाउन भनेका छन ।

‘तिम्रो साथ’ बोलको भिडियोमा काजिश श्रेष्ठ र कृष्टी पुन श्रेष्ठको अभिनय रहेको छ । काजिश श्रेष्ठको निर्देशक रहेको यस भिडियोमा अजय रेग्मीको छायाङ्कन रमित ओली को सम्पादन रहेको छ ।
हेर्नुस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!