मेगा बैंकको शाखा विस्तार

0

काठमाडौँ, २ जेठ : बैंकिङ पहुँच बाहिर रहेका नेपालीलाई घरदैलोमै बैंकिङ सेवा पु¥याउने उद्देश्यले मेगा बैंकले तनहुँको भानु नगरपालिका, स्याङजाको भीरकोट नगरपालिका र धनुषाको लक्ष्मीनिया गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।

स्याङजा र धनुषामा यसअघि नै मेगा बैंकका शाखा छन् भने तनहुँमा पहिलोपटक शाखा विस्तार गरिएको मेगा बैंकले जनाएको छ । एक सातामा मेगा बैंकका आठवटा शाखाहरु थप भएका छन् । गत साता पाँचथरको कुमायक, सिन्धुपाल्चोकको इन्द्रावती, इलामको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा विस्तार गरिएको थियो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!