भुतको भिडियो भए सबैले हेर्थे भाइरल हुन्थ्यो, जीवन लक्ष्यको लागि यो भिडियो कस्ले शेयर गर्ला र [भिडियो सहित]

0

पिएनपिखबर। दुवै मृगौलाले काम नगर्ने भएपछि चितवनका एकजना मृगौला रोगीले सहयोगको याचना गरेका छन्। बजाङ् जिल्ला वडा नं.९ (हाल दुर्गथाली वडा नं. ६ ) निवासी २३ वर्षिय दिपेन्द्र बहादुर धामीको दुवै मृगौलाले काम नगर्ने भएको १ वर्ष भईसक्यो तर उनले सो मृगौला प्रत्यारोपण गर्न सकेका छैनन्।

१ वर्षदेखि मृगौलाको डाइलोसिस गर्ने आँट गरेको छु , मृगौलाप्रत्यारोपण गर्न आर्थिक अवस्था छैन, उनले भने। सरकारले मृगौलाको डाइलोसिस निशुल्क गर्ने व्यवस्था मिलाए पनि एक पटक डाइलोसिस गर्नको लागि ४ देखि ५ हजार रुपैया औषधीको लागि खर्च हुने गरेको उनले बताए। मासिकउपचार खर्च रु. ४० हजार देखि ५० हजार खर्च हुने गरेको भन्दै हप्तामा ३ पटक डाइलोसिस गर्नुपर्दा साह्रै नै समस्यामा परेको उनले बताए। मासिक औषधी पनि खानुपर्छ, खर्च धान्न परिवारलाई गाह्रो छ, उनले भने।

५ जनाको परिवार रहेको उनको परिवारको आम्दानीको श्रोत केही छैन। दैनिक गुजारा चलाउन मुस्किल छ। श्रीमती,बुबाआमा र १४ महिनाको एक छोरीको साथ रहेको धामी परिवारमा दिपेन्द्र बिरामी भएपछि खुशीका दिनहरु हराएका छन्।

हेर्नुहोस् दिपेन्द्रको हृदयविदारक कहानी :-

Share.

Comments are closed.

error: Content is protected !!