मुम्बई बिरुद्ध सन्दीपले आज अन्तिम खेल खेल्दै

0

जेठ ६, इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछाने आइतबार पनि खेल्ने भएका छन् । आज सन्दीपले मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका हुन् ।

यो सन्दिपको आईपीएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ। १२ औँ खेलबाट डेब्यु गर्ने मौका पाएका सन्दिपले दुईवटा खेलमा उत्कृट प्रदर्शन गरेका थिए । डेयरडेभिल्सले अघि ११ खेलसम्म पनि सन्दीपलाई खेल्ने कुनै मैका दिएको थिएन । मौका पाउनासाथै उनले जसरी बलिङ गरे त्यसले सम्पूर्ण विश्व क्रिकेटमा अमिट छाप छाडेका छन्।

सन्दीपको पहिलो खेल भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध थियो, जसमा सन्दीप एक्लो किफायती बलर सावित भए। उनले पार्थिव पटेलको विकेट लिएर आईपीएलमा विकेटको श्रीगणेश गरे। उनले सो खेलमा ४ ओभर बलिङ गर्दै २५ रन दिएर १ विकेट लिए। यो खेल भने दिल्लीले हार्‍यो ।

शुक्रबार राति सन्दीप अनुवन्ध भएको दिल्ली डेयरडेभिल्स र चेन्नाई सुपर किंग्सबीच खेल थियो । सो खेलमा दिल्ली ३४ रनले विजयी भयो । सो खेलमा सन्दीपले ४ ओभरमा २१ रन दिएर एक विकेट लिए । यसवापत उनलाई स्टाइलिस प्लेयर अफ द म्याच घोषित गरियो र एक लाख भारु दिइयो ।

Share.

Comments are closed.

error: Content is protected !!