मुख्यमन्त्री शाहीद्वारा राष्ट्रिय गौरवको प्रादेशिक सडक शिलान्यास

0

नवलपरासी, ८ जेठ : पश्चिम नवराष्ट्रिय गौरवको प्रादेशिक सडक शिलान्यास

सुर्खेत, ८ जेठ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको प्रादेशिक सडकको शिलान्यास गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले सोमबार दैलेख—डुंगेश्वर–दुल्लु–भैरवी–ब्याउली–कालीकोट–जुम्ला–मुगु गमगढी हुँदै नाक्चेलाग्ना जोड्ने प्रादेशिक सडकको शिलान्यास गर्नुभएको हो । उहाँले डोजर चलाएर सडकको शिलान्यास गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भाषण गरेर देश नबन्ने भन्दै हरेक नागरिकले श्रम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्णाली प्रदेशलाई पहिलोमा अर्गानिक र दोस्रोमा पर्यटकीय गन्तव्य बनाउने नीति लिइएको बताउनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशको आफ्नै विकासमैत्री सार्वजनिक खरिद ऐन निर्माण गर्ने बताउनुभयो । योजनामन्त्री ज्वालाले बजेटको कमीले सडक बन्न नसक्ने अवस्था सिर्जना हुन नदिने विश्वास दिलाउनुभयो ।

हचुवाका भरमा बजेट नदिने भन्दै उहाँले यो सडक प्रादेशिक वा संघीय आयोजना के हुने भन्नेमा छिट्टै छिनोफानो लाग्ने बताउनुभएको थियो । शिलान्यास कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्यद्वय अमरबहादुर थापा र सुशीलकुमार थापाले नेपाली भाषाको पहिलो शिलालेख दैलेखमा रहेको जनाउँदै नाक्चेलाग्ना जोड्ने यो प्रादेशिक सडकलाई पक्की सडक बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

डिभिजन सडक कार्यालय, सुर्खेतका निमित्त डिभिजन प्रमुख जगतबहादुर शाहले प्रादेशिक सडकको अन्तिम गन्तव्य नाक्चेलाग्ना भएपनि हाल डुंगेश्वर गाउँपालिकादेखि दुल्लु नगरपालिका भएर भैरवी गाउँपालिकासम्म ३३ किलोमिटर सडक निर्माण गरिने बताउनुभयो ।

सडक निर्माणका लागि रु तीन करोड ३५ लाखमा टेण्डर भएको उहाँले जनाउनुभयो । यद्यपि सो ठेक्का घटेर रु एक करोड ८७ लाखमा केएसके निर्माण सेवाले सडक निर्माण कार्यको जिम्मा लिएको डिभिजन सडक कार्यालयले बताएको छ ।

सडक शिलान्यासका साथै मुख्यमन्त्री शाही नेतृत्वको टोलीले दैलेख जिल्लामा रहेका धार्मिक पर्यटकीय क्षेत्र कोटिला मन्दिर, शिरस्थान ज्वाला क्षेत्र, नाभीस्थान, दुल्लु दरबार तथा खस संग्रहालय, भैरवी मन्दिरको स्थलगत अनुगमन गरेको थियो । अनुगमन गरिएका क्षेत्रमा शिरस्थान ज्वाला क्षेत्रमा प्रत्यक्ष देखिएको पेट्रोलियम पदार्थको अनुसन्धान तथा अन्वेषणका लागि विज्ञको टोली खटाउने मुख्यमन्त्री शाहीले जनाउनुभयो ।

त्यसैगरी, अन्य क्षेत्रमा कोटिला, नाभीस्थान, भैरवीलाई धार्मिक तथा तत्कालीन कर्णाली खस साम्राज्यको शितकालीन राजधानीका रुपमा रहेको दुल्लु दरबारलाई ऐतिहासिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रदेश सरकारले विशेष ध्यान दिने बताउनुभयो ।

लपरासीको रामग्राम नगरपालिका र चीनको बाओजी सिटीबीच भगिनी सम्बन्धका लागि सोमबार यहाँ सम्झौता भएको छ ।

बाओजी सिटी र रामग्राम नगरपालिकाले दाजुभाइ र दिदीबहिनीको सम्बन्धको लागि एक सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्बन्धलाई स्थापित गरेका छन् । बाओजी सिटीका उपमेयर मा युनले रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्तासँग भेटघाट गरी दुवै देशका नगरबीच भगिनी सम्बन्ध स्थापित भएको छ ।

सो सम्झौतामा दुवै देशका नगरपालिकाले गर्ने विकास निर्माण तथा कृषि विकासको काममा सहयोग आदानप्रदान हुने रामग्राम नगरपालिकाले जनाएको छ ।

त्यस्तै, बाओजी सिटीका उपमेयरलाई नवलपरासीको सदरमुकाममा रहेको पृथ्वीचन्द्र अस्पतालमा पनि अवलोकन तथा भेटघाट गराइएको थियो । सो अवसरमा त्यहाँको अवस्था तथा प्रविधिको बारेमा छलफल भएको थियो ।

त्यहाँ भएको प्रविधि पुरानो तथा केही प्रविधिको व्यवस्था नभएका कारणले अलपत्र परेको जानकारी गराइएको थियो । त्यसैक्रममा बाओजी सिटीका उपमेयरले आफ्नो नगरपालिका फर्केपछि अतिआवश्यक प्रविधिको सहयोगसमेत गर्ने बताउनुभयो ।

रामग्राम नगरपालिकाभित्र रहेको रामग्राम स्तुप, कृषि क्षेत्र र औद्योगिक क्षेत्रको विकास गर्न विशेष सहयोग हुने बाओजीका उपमेयरले बताउनुभयो । सो कार्यक्रममा चीनको बाओजी सिटीबाट आएको टोलीमा विभिन्न ठूलठूला औद्योगिक क्षेत्रका उद्योगीको पनि उपस्थिति रहेको थियो । रासस

Share.

Comments are closed.

error: Content is protected !!