‘मिष्टर नेपाल २०१८’का लागि आवेदन खुल्ला, एकै साथ चार प्रतियोगी छानिने [हेर्नुहोस् भिडियो सहित]

0

पिएनपिखबर, भक्तपुर : ‘मिस्टर वल्र्ड २०१८’ मा नेपालको प्रतिनिधित्व गर्ने युवा खोज्ने उदेश्यले एक्सपोज नेपाल डटकमले पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०१८’ आयोजनाको तयारी गरेको छ।

स्वदेशमा आयोजना हुँदै आएका पुरुषहरुको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको ‘मिस्टर नेपाल’को १६ औं संस्करणका लागि आवेदन खुल्ला समेत गरिएको छ। एक्सपोज नेपालले एक विज्ञप्ती मार्फत ‘मिस्टर नेपाल-२०१८’को आवेदन खुल्ला भएको जनाएको छ। युवाको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन यो प्रतियोगीता सहायक सिद्ध हुने विश्वास रहेको छ ।

मिष्टर नेपालको बिजेताले २०१६ देखि मिष्टर वोर्ल्डमा सहभागी जनाउदै आएका छन। मिष्टर वोर्ल्डमा विश्वभरको पुरुषहरु सहभागी रहेने विश्वकै सबैभन्दा ठुलो प्रतियोगिता हो। यस प्रतियोगितामा २०१६ का मिष्टर नेपाल गणेश अग्रवालले सहभागीता जनाईसकेका छन् भने आगामी प्रतियोगिताका लागि २०१७ को बिजेता अक्षय रायमाझी देशको प्रतिधित्व गर्दै सहभागिता जनाउन जादै हुनहुन्छ।

 

युवाको व्यक्तित्व विकास, आत्मविश्वास, अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास आन्तरिक र बाह्य क्षमता वृद्धि गर्ने र समाजको उपयोगी जिम्मेवार व्यक्तित्वको रुपमा अगाडी बढाउने उद्दश्यले नियमित रुपमा आयोजना हुँदै आएको यो प्रतियोगिताबाट रोहित धेवे, जीवन लुइँटेल, गौतम सुवेदी, उज्ज्वल कार्की, सुमेश घिमिरे, डा.आयुष्मान घिमिरे, सुरेश चिलवाल, सन्दिप पोख्रेल, गणेश अग्रवाल, अक्ष्य रायमाझी लगायतका बिजेता भईसकेका छन्। यी बिजेताहरु अहिले समाजको महत्वपूर्ण व्यक्तिको रुपमा परिचित छन्।

१८ बर्षदेखि २८ बर्षसम्मको युवाले प्रतियोगीतामा सहभागीता जनाउन पाउनेछन् । यस प्रतियोगिता असारको पहिलो हप्ताबाट काठमाडौँ, पोखरा, चितवन, बुटवल, धनगढी, इटहरी लगाएतका देशको प्रमुख शहरहरुमा प्रतियोगिताको छनौट चरणको अडिसन आयोजना हुनेछ।

देशभरि छरिएर रहेका युवाहरुलाई समेट्ने उद्दश्यले आयोजना गर्न लागिएको प्रतियोगीतामा अडिसनबाट  छानिएका  प्रतियोगीलाई   फुटवल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका विषयमा दक्ष् प्रशिक्षक सहित अन्तिम प्रतिस्पर्धामा उतारिने छ।

मिस्टर नेपालका विजेताले ‘सुजुकी इन्त्रुडर’ मात्र मोटबाइक पाउनुको साथै विजेता तथा उप बिजेताहरुले विभिन्न उपहार प्राप्त गर्ने छन् । सहभागिताको लागि आवेदन फर्म एक्स्पोज नेपालको कार्यलय कुपन्डोल तथा वेभसाईट ‘www.misternepal.com.np’ बाट भर्न सकिनेछ।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!