मिस्टर झोले हेरेपछि दयाहाङ राईकि श्रीमतीले दिइन यस्तो प्रतिक्रिया [हेर्नुहोस् भिडियो सहित]

0

पिएनपिखबर, आज पौष २८ गते देखि देश भरको विभिन्न हालहरुमा प्रदर्शनमा आएको ‘मिस्टर झोले’ चलचित्रको राजधानीको कुमारी हलमा प्रेस शो सम्पन्न भएको छ। उक्त प्रेस शोमा चलचित्रका कलाकारहरुको साथै थुप्रै दर्शकहरुको बाक्लै उपस्थिति रहेको थियो।

यस चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दिया पुन, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रवीण खतिवडा, विजय बराल, अरुणा कार्की, कमलमणि नेपाल, सरोज अर्याल, माओत्से गुरुङ आदि कलाकारहरुको भूमिका रहेको छ। उक्त चलचित्रको निर्देशन ‘कबड्डी’, ‘कबड्डी–कबड्डी’ तथा ‘पुरानो डुँगा’ का निर्देशक रामबाबु गुरुङले गरेका हुन् ।

केही वर्षअघि दयाहाङ राईले चलचित्र ‘झोले’ मा मुख्य भूमिका निर्वाह गरेका थिए। अहिलेको ‘मिस्टर झोले’ मा समेत उनकै मुख्य भूमिका छ।

कुमारी हलमा ‘मिस्टर झोले’ चलचित्र हेरिसकेपछि दर्शक तथा कलाकारहरुले आ- आफ्नो प्रतिक्रिया दिएका थिए। यसै क्रममा मिस्टर झोले हेर्न कुमारी हाल पुगेकी दयाहाङ राईकि श्रीमती बेनुका राईले पनि आफ्नो प्रतिक्रिया दिएकी थिइन्।

हेर्नुहोस् पुरा भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!