मानिसको भीडभाड भएको इलाकामा कार घुसाएपछि ९ जनाको मृत्यु, ४६ जना घाइते

0

पिएनपिखबर : चीनको हुनान प्रान्तको हेंगडॉन्ग काउंटीमा एक व्यक्तिले मानिसको भीडभाड भएको इलाकामा कार घुसाएपछि हिंडिरहेको ९ जना मानिसको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। प्रहरीले हमला गर्ने व्यक्तिलाई पक्राउ गरिसकेका छन्।

बीजिंग यूथ डेलीका अनुसार ५४ बर्षिय आरोपीका नाम यांग जेनयुन हो भने उनि हेंगडॉन्ग काउंटीमा नै बस्छन। उनि पहिला पनि धेरै मामिलामा जेल सजाय कटिसकेका छन्

चीनमा केहि वर्षयता बम पड्किने, बस र घरहरुमा आगजनी जस्ता घटनाहरु बढिरहेको छ। कुनै व्यक्तिगत रिसिवीका कारण त कुनै समाजदेखि रिस उठेका कारण यस्ता घटना घट्ने गरेका छन्।

Share.

Comments are closed.

error: Content is protected !!