माधे संक्रान्ति नजिकिँदै जाँदा चिउरा कुटाउनेकाे घुईचाे

0

रबिन्द्र बराल,
रंगेली ,माेरङ, २८ पुस : माेरङकाे रंगेली नगरपालिका अासपासका क्षेत्रहरुकाे मिलमा चिउरा कुटाउन भ्याई नभ्याई हुन थालेको छ । यस बर्षकाे अन्तिम पर्वकाे रुपमा रहेको माघे संक्रान्ति नजिकिदै जाँदा चिउरा कुटाउने सर्वसाधारणहरुकाे मिलमा धुईचाे लाग्न थालेको छ ।

नेपालीहरुकाे पर्वकाे रुपमा मनाईने माघे संक्रान्तिका लागि चिउरा कुटाउन सर्वसाधारणहरु बिहानैे देखि मिलमा लाईनमा बस्ने गरेका छन । रंगेली नगरपालिका ८ स्थित अामताेला चाेकमा रहेको नरेश कुटानी पिसानी मिलमा माघे संक्रान्ति नजिकिदै जादाँ रंगेली, दर्बेशा, रंजनि, दाेमाहना, दादरबैरीया, बबिया बिर्ता लगायतका स्थनका सर्वसाधारणहरु चिउरा कुटाउन अाउन थालेका छन । साे मिलमा अहिले दैनिकी सर्वसाधारणहरुले ल्याएकाे १५ सय केजि देखि २ हजार केजि सम्म चिउरा कुटने गरेकाे ब्यपारीहरु बताउछन् ।


चिउराको लागि कसरी तयार पारीन्छ धानलाई ?

धानलाई एक दिन अगाडि रात भरी पानीमा भिजाउने गरिन्छ र त्यस पछि उक्त धानलाई बिहानै पानी बाट बाहिर निकालिन्छ र साेहि दिन मिलमा लगरे उक्त धानलाई मिलकाे कराईमा भुटेर सुख्खा बनाईन्छ। र चिउरा बनाउने मेसिनमा हालेर चिउरा तयार हुने गर्देछन । माध १ गते का दिनका लागि उक्त चिउरीलाई सखरमा हालेर लड्डु बनाउने र अाफ्नाे घरमा रहेको देवि देउताहरुलाई चढाएर उक्त लडडु खाने गरिन्छ । तर सबैभन्दा पहिले तिलकाे लड्डु बनाउने चनल समेत रहेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!