माइनस ४० डिग्री तापमानमा गोहीको भयो यस्तो हालत, फोटो भाइरल हुदै

0

एजेन्सी : यो वर्षको जाडो यामले जनजीवनमा निकै नै असर पारिरहेको छ । यो वर्ष अमेरिकामा अधिक रुपमा जाडो बढ्दै गएको छ । जाडोको असर जनजीवनमा मात्र नभएर यसको असर पशु-प्राणीहरुलाई पनि परेको छ भन्ने कुरा एक भाईरल फोटोबाट पुष्टि भएको छ । यस फोटोलाई शेलोट रिवर स्वैम्प पार्कले पोस्ट गरेका छन् । भिडियोमा बरफमा जमेको एक गोही देखिएको छ । सोशल मीडियामा पोस्ट गरिएको यस फोटोलाई धेरैले शेयर गरेका छन् । पार्कको अधिकारीहरुका अनुसार, दक्षिण पूर्व उत्तरी कैरोलिनमा यस्तो हुनु सामान्य कुरा हो । यहाँ निकै चिसो हुने गर्दछ। तर यस पटक भने पहिले भन्दा निकै नै चिसो बढेको छ ।

बरफ पग्लिएपछि यस गोहीलाई बाहिर निकालिने छ । फेरि त्यसलाई गर्मी ठाउँमा राखिने छ जहाँ गोही सामान्य अवस्थामा फर्किने छ । यस फोटोलाई अहिलेसम्म ४ हजार भन्दा धेरैले शेयर गरिसकेका छन् ।गोही माइनस ४० डिग्रीको तापमानमा पनि जिउदो रहन सक्छ । यसको लागि उनीहरुको मेटाबोलिज्म ढिलो हुने गर्दछ र उनीहरु धेरै जसो निन्द्रा मुद्रामा रहने गर्दछन् । सास लिनको लागि उनीहरु आफ्नो नाक मात्र बाहिर निकाल्ने गर्दछ ।

Share.

Comments are closed.

error: Content is protected !!