महिला हिंसाविरुद्ध सबै लाग्नुपर्छः तामाङ

0

मेलम्ची, २९ भदौ : पूर्वकानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले महिला हिंसा अन्त्य गर्न सबै मिलेर लाग्नुपर्ने बताउनुभएको छ । अन्तर पार्टी महिला सञ्जाल मेलम्ची, सिन्धुपाल्चोक लोकदोहारी प्रतिष्ठान र वर्क फर नेपालको संयुक्त आयोजनामा आज मेलम्चीमा भएको चेतनामूलक तीज विशेष सांस्कृतिक कार्यक्रममा उहाँले भन्नुभयो, समाजमा बढ्दो महिला हिंसाको अन्त्यका लागि जनजागरण अभियान सञ्चालन गर्नुपर्दछ ।”

प्रतिनिधिसभा सदस्य समेत रहनुभएका पूर्वमन्त्री तामाङले वैदेशिक रोजगारीमा सुरक्षित नहुने हुँदा महिलालाई स्वदेशमै रोजगारीको सिर्जना गर्नतर्फ लाग्नुपर्छ भन्दै महिला हिंसा बलात्कार जस्ता जघन्य अपराध गर्नेलाई जन्मकैदसम्म हुन सक्ने कानूनी व्यवस्था रहेकाले कसैले पनि हिंसा सहेर बस्न नहुने धारणा व्यक्त गर्नुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!