महालक्ष्मी नगरपालिकामा ‘विकास बहस’ गरिने

0

ललितपुर ३० भदौ : महालक्ष्मी नगरपालिका क्षेत्रमा विकास निर्माणका काममा सहयोग पुर्याउने उद्देश्यले सरोकार भएका निकायका पदाधिकारको सहभागितामा ‘विकास बहस’ गरिने भएको छ ।

फ्रेड्स सर्भिस काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको छलफलमा उक्त संस्थाका संरक्षक सूर्यबहादुर थापाले प्रत्येक महिनामा विकास निर्माणका विविध विषयमा सम्बन्धित निकायका पदाधिकारी, सरोकार भएका व्यक्तिहरू र पत्रकारसमेतको सहभागितामा यस्तो बहस गरिने जानकारी दिनुभयो ।

उहाँले विकाससँग सम्बन्धित मुद्दा पहिचान गरी प्राथमिकता दिने, अल्पकालीन तथा दीर्घकालीन योजना बनाएर कार्यान्वयका लागि पहल गरिने, आवश्यक परेमा प्राविधिक सहयोग उपलब्ध गराइने र विशेषज्ञबाट प्रशिक्षण समेत दिइने जानकारी दिनुभयो ।

छलफलमा प्रा।डा ज्ञानबहादुर थापा, प्राध्यापक पुष्प राई, नर्सिङ एशोसिएशनका पूर्व अध्यक्ष सरला केसी, उक्त नगरपालिका–१का वडाध्यक्ष नन्द न्यौपाने, शिक्षाविद् विजय बानियाँ, लामाटार गाविसका पूर्व अध्यक्ष चिरञ्जीवी आचार्यलगायतले सडक, खानेपानी, शौचालय, प्राकृति संपदा, शिक्षा, स्वास्थ्य सेवा, कर, पर्यटकीय विकासलगायतमा बहस चलाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँहरूले यस क्षेत्रबाट निर्वाचित नेताहरूले निर्वाचनका बेला घोषणपत्रमा उल्लेख गरेका कुरा कार्यन्वयनका लागि पहल गराउन जोड दिनुपर्ने र नेताहरूले जनसंपर्क बढाउनुपर्ने सुझाव पनि दिनुभयो । (रासस)

Share.

Comments are closed.

error: Content is protected !!