मलेसियाको हस्पिटलबाटै एक नेपाली १२ दिनदेखि बेपत्ता

0

पिएनपिखबर, भक्तपुर। बैदेशिक रोजगारीको शिलशिलामा मलेशियाको GENTING HIGHLAND WORLD RESORTमा काम गर्दै आएका श्रीराम दिम्दुंग १२ दिनदेखि हस्पिटलको बेडबाटै बेपत्ता रहेका छन्। फेब्रुअरी ९ तारीखका दिन ड्युटी गर्दा गर्दै मानसिक समस्या आइपरेकोले सोहि दिन साथीभाइको सहयोगमा उनलाई कम्पनीकै एम्बुलेन्समा राखी क्वालालम्पुर हस्पिटलको इमर्जेन्सीमा भर्ना गरिएको थियो। तर हस्पिटलले सामान्य चेकजाँच पश्चात भोलिपल्ट १० तारिखका दिन उनलाई ६ बजे डिस्चार्ज गरेको थियो। सोहि दिनदेखि आजसम्म उनको कुनै पनि अत्तोपत्तो नभएको साथी रबिन्द्र घिमिरेले पिएनपिखबरडटकमलाई जानकारी दिएका छन्।

फेब्रुअरी १४ तारिख दिउँसोसम्म उनको मोबाइल अन रहेको तर कसैको पनि फोन नउठाएको घिमिरेले बताएका छन्। उनको परिवारबाट श्रीमतीले समेत बारम्बार सम्पर्क गर्ने प्रयास गर्दा समेत असफल रहेको उनले बताए। मकवानपुर स्थायी घर भएका श्रीराम मानसिक समस्यामा थिए र उनको साथमा कम्पनीको परिचय पत्र र जलन कार्ड (work permit) समेत रहेको घिमिरेले बताएका छन्। उनी बेपत्ता भएको खबरले उनको घर परिवार र मलेसियामा समेत सबै साथीभाइहरु तनाबमा रहेकाले जो कोहिले पनि उहाँलाई भेट्नु भएमा कृपया तल दिईएको नम्बरमा तुरुन्त खबर गरिदिनु होला।

सम्पर्क नम्बर:
Rabindra Ghimire: 0179274365
Pramod thakuri: 0164534273
Subek Ghising: 0143875009

Share.

Comments are closed.

error: Content is protected !!